
पोखरा भ्यूज
पोखरा । नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्यसमिति कास्कीले बनभोज तथा मित्र मिलन कार्यक्रम गरेको छ । संघले शनिवार पोखरा महानगरपालिका–१८, मेथलाङस्थित शहीद पार्कमा ६ सय बढ़ीको उपस्थितिमा बनभोज तथा मित्र मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरकारका प्रवक्ता सरस्वती अर्यालको प्रमुख आतिथ्यता कृषि तथा भूमी ब्यबस्था मन्त्री महेन्द्रध्वज जिसीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य नेपाली कांग्रेस संसदीय दलका उपनेता बिन्दु कुमार थापा, प्रदेश सभा सदस्यहरु प्रकाश बराल, सरस्वती गुरूङ, डिल्ली सुबेदी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेल लगाएतको आतिथ्यता रहेको थियो । 
नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरूमा नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) का केन्द्रीय अध्यक्ष एवं युनियनका महासचिव जनक रावल, युनियनका केन्द्रीय वरिष्ट उपाध्यक्ष उत्तम कटुवाल, उपाध्यक्षहरू यज्ञ ओलि, दिपक रेग्मी, पुरण गूरूङ, उप–महासचिब इन्दु शर्मा, सचिबहरू जगत पाठक, कुल प्रसाद भट्टराई, युनियन नेल्टा स्वास्थ्यकर्मीका केन्द्र प्रदेश जिल्ला पालिकाका अध्यक्ष एवं पदाधिकारी, गण्डकी प्रदेशका प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेत लगाएत विभिन्न मन्त्रालयका सचिबहरू सहित नेपाली कांग्रेस निकट विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधि, नेपाल निजामति कर्मचारी युनियन (संघ) मा आवद्ध प्रदेस एवं विभिन्न जिल्लाका निजामति कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल कर्मचारी युनियनमा आवद्ध कर्मचारीले चनाखो भएर लोकतन्त्रको रक्षा र कर्मचारीको सर्वोपरि हित हुने गरि काम गर्न आग्रह गरिन् । त्यस्तै, कृषि तथा भूमी ब्यबस्था मन्त्री महेन्द्रध्वज जिसीले कांग्रेस पराजित हुदाँ प्रजातन्त्र नै कमजोर हुने हुदाँ कांग्रेसमा आस्था राख्नेले कर्मचारीले पेसागत दक्षता इमानदार पूर्वक निर्वाह गरी आफ्नो पहिचान दिई कांग्रेसप्रति आकर्षित गराउनु पर्ने बताए ।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले कर्मचारी ऐन नियमावली समयमा नबन्दा तीन तहको सरकारकका दैनिक प्रशासनिक काम कारवाहीमा समस्या परेको बताउदै कर्मचारीको समायोजन, बृति बिकास लगाएतका बिषय अप्ठारो परेको जनाए । युनियनका केन्द्रिय महासचिव जनक रावलले पेसागत हकहित सामाजिक सुरक्षा लगायतका विषयमा युनियनले नेत्रीत्वदायी भूमिका खेल्दै आएको बताए । 
अध्यक्षताको मन्तव्य राख्दै संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठले राष्ट्र सेवक कर्मचारीहरू बिच आपसी भाईचारा अभिवृद्धि एवं सम्बन्ध प्रगाढ़ बनाउने उद्देश्यले मित्र मिलन एवं बनभोज कार्यक्रमको आयोजना गरिएको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।
नेपाल निजामति कर्मचारी युनियन (संघ) कास्कीका सचिव सुमन शर्माको सञ्चालनमा रहेको कार्यक्रममा युनियनका प्रदेश उपाध्यक्ष एवं बनभोज कार्यक्रमका संयोजक अर्जुन गुरूङले स्वागत र कास्कीका उपाध्यक्ष केदार सापकोटाले धन्यवाद मन्तव्य राखेका थिए ।











