68Shares

पोखरा भ्यूज
१८ पुस, काठमाडौं । कोभिड १९ को नयाँ सव भेरियन्ट जे.एन. १ को जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सबभेरियन्ट पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो ।

कोभिड १९ को नयाँ सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड १९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भिडभाड हुने स्थानहरु जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्नुहुन, भौतिक दूरी कायम राख्नुहुन र हातको सरसफाईमा विशेषतः ध्यान दिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गरिएको छ ।

68Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected