२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026
खबर

लम्जुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन

पोखरा भ्यूज
पोखरा, १८ पुस । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले लम्जुङको राइनासकोटमा घरवास तथा व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
एगामा आवद्ध सदस्यहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको ७१ सदस्यीय टोलीले राइनासकोट सामुदायिक घरवास((होमस्टे) मा पुगी घरवास तथा व्यवसायिक प्रवद्र्धन गरेको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले जानकारी दिए ।
प्रवद्र्धनका क्रममा त्यहाँस्थित ऐतिहासिक मन्दिर, त्यहाँबाट देखिने सूर्योदयको अवलोकनसँगै सरोकारवालाबीच अन्तरक्रिया समेत गरिएको थियो ।
अन्तरक्रियामा राइनासाकोट नागरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले पर्यटकीय रुपमा राइनासकोटको विकासका लागि आँफूहरू लागेको बताउँदै एगासँग पर्यटकीय साझेदारी बढाउने कुरामा नगरपालिका तयार रहेको बताए । पछिल्लो समयमा शहरमुखी बन्ने क्रमले ग्रामिण वस्तीहरू खाली हुँदै गएको बताउँदै उहाँले पर्यटकीय सम्भावनालाई उजागर गर्दै घरवास मार्फत ग्रामिण क्षेत्रको पर्यटकीय विकासमा जोड दिइने बताए ।
एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा नजिकका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन जरुरी रहेको बताउँदै घरवासहरूमा गरिने आतिथ्यता तथा व्यवहारले पर्यटकको आकर्षण बढाउने उल्लेख गरे । राइनासको पर्यटकीय विकासका लागि अन्य पर्यटकीय पूर्वाधार विकासमा उनले जोड दिए ।
एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले एगाले नेपालको पर्यटकीय चिनारी हुने किसिमका सामाग्री तयार गरी नेपालको पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान गरिरहेको बताए । राइनासकोटसँग पर्यटकीय साझोदारी विकास गर्ने कुरामा एगा पोखरा तयार रहेको बताए ।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको पर्यटकीय विकासका लागि आसपासका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन आवश्यक भएको बताए ।
एगा पोखराका अध्यक्ष भण्डारीको सभापतित्व एवम् सचिव गीता ढकाल पौडेलले सञ्चालन गरेको कार्यक्रममा एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्साल, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक एवम् न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, पर्यटन विश्लेषक एवम् पत्रकार दीपेन्द्र पहारी लगायतले पर्यटनलाई उत्पादनसँग जोड्ने गरी होमस्टेको प्रवद्र्धन र विकास आवश्यक भएको बताए । कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष बेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवम् सल्लाहकारद्वय जीवनाथ गौतम र कृष्णकुमार श्रेष्ठ, विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष लगायतको उपस्थिति थियो ।

Read more

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि…

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…