93Shares

पोखरा भ्यूज

पोखरा, २० पुस रगतको अभाव कम हुन नदिन लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीले रक्तदान कार्यक्रम सम्पन्न गरेको  क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तसंचार केन्द्र पोखरासँगको सहकार्यमा शुक्रवार सृजनाचोकस्थित रविमहल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको क्लबका अध्यक्ष संगीता पाण्डेले जानकारी गराईन् । कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका छन् 

एक बर्ष अघि मात्र स्थापना भएको महिला मात्रको क्लब स्टार ग्लोरीले फ़ेलोशिप, लिडरशिपका कार्यक्रमसँगसँगै स्वास्थ्य, शिक्षा, वातावरण, दैवीप्रकोप लगाएतमा कार्य आएको संस्थापक अध्यक्षसमेत रहेकी पाण्डेको भनाई थियो ।      
क्लबका अध्यक्ष पाण्डेको अध्यक्षता अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पहिलो रक्तदाता आकाश गुरूङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मानव जीवनको अत्यन्त राम्रो काम रक्तदान कार्यक्रम गरेर क्लबले  पुण्यकार्य गरेकोमा प्रसन्नता व्यक्त गरे।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एवं कम्यूनिकेशन डिष्ट्रिक्ट कोअर्डिनेटर टंकराज अधिकारीले रगत दान भन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए । आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य सहयोगीलाई र पुण्य कार्य गरेकोमा क्लब परिवारलाई धन्यवाद दिदै उनले क्लबको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।        

क्लबका सचिव प्रभा खनाल अधिकारीको संचालन प्रथम उपाध्यक्ष दुर्गा केसीको स्वागत मन्तव्यबाट सुरू रहेको रक्तदान कार्यक्रममा डिष्ट्रिक्ट एड़िशनल कोअर्डिनेटर बासुदेव कोईरला, जोन चेयरपर्सन ज्ञान बहादुर राना, लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्यलगाएत क्लब पदाधिकारी एवं सदस्यको उपस्थिति थियो।

93Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected