1Shares

काठमांडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार मध्यरातसम्म बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

१९ सदस्यका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसले १० सिट पाएको हो । कांग्रेसले कृष्ण प्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, बिष्णु देबि पुडासैनी, जित जंग बस्नेत, किरण बाबु श्रेष्ठ, पदम परियार, बिष्णु कुमारी साप्कोटा, कृष्ण बहादुर रोकाया, नारायण दत्त भट्ट र बलदेब बोहराले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ ।

कोशीबाट सिटौला, मधेसमा ढुंगाना, बागमती प्रदेशको अन्यतर्फ बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनी, गण्डकी प्रदेशको अन्यतर्फ श्रेष्ठ, अपांगतर्फ परियार लुम्बिनीको महिलातर्फ सापकोटा, कर्णालीको अन्यतर्फ रोकाया र सुदूरपश्चिमको अन्यतर्फ बोहरा र अपांगतर्फ भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected