96Shares

पोखरा भ्यूज

पोखरा । क्लब अध्यक्षहरूको सक्रियतामा तनहुँको एक बिधालयमा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपड़ा र स्टेशनरी सामग्री प्रदान गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका पोखरा क्षेत्रमा रहेका केही लायन्स क्लबका अध्यक्षहरूले आइतबार शुल्कागण्डकी५ स्थित जनकल्याण मा बि का २० जना विधार्थिहरुलाइ न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण गरेको कार्यक्रम संयोजक लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीका अध्यक्ष संगीता पाण्डेले बताईन् ।

विधालय प्रधानाध्यापक दिपक बिश्वकर्माको अध्यक्षता शुल्कागण्डकी का वडाध्यक्ष दिर्घबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो सामग्री वितरण पश्चात बोल्दै प्रमुख अतिथि थापाले आफु पनि लायन्सको सदस्य रहेको बताउदै आवश्यकताको आधारमा यस बिधालय छनोट गरी सहयोग गरेर लायन्सको सदस्य हुनमा गौरवान्वित महशुष गरेको धारण व्यक्त गरे

कार्यक्रममा नगर कार्यपालिका सदस्य सीता देवि तिमिल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष बिस्णुमाया पौडेल लगायतले लायन्सले गरेको सेवा प्रति खुलेर प्रसंशा गरेका थिए

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्यले संचालन गरेको कार्यक्रममा लायन्स क्लब पोखरा पिस टाउनका अध्यक्ष केसि माया नेपाली, पोखरा समर्पितका अध्यक्ष बिमला बसेल, पोखरा साधनाका अध्यक्ष सीता पौडेल, पोखरा अर्पणका अध्यक्ष उर्मिला बस्नेत, पोखरा पेङगुइनका अध्यक्ष दिपेश त्रिपाठी, पोखरा पिस प्याराडाइजका अध्यक्ष सुरेश न्यौपानेको उपस्थिति थियो सो कार्यक्रम सम्पन्न गर्नका लागि पोखरा डल्फिनका अध्यक्ष रेवती भण्डारी, पोखरा पिस सिटीका अध्यक्ष युबराज खनाल, पोखरा न्यूभिजनका अध्यक्ष लक्ष्मण भुजेल लगायतको सहयोग रहेको थियो

96Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected