0Shares

पोखरा भ्यूज

पोखरा । माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन दलले गण्डकीमा उम्मेदवार परिचय कार्यक्रम गरेको राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) पदम बहादुर परियार (तनहुँ) एवं नेकपा माओवादी केन्द्रका मनरूपा शर्मा (पर्वत) लाई उम्मेदवारको रूपमा प्रस्तुत गरेको

आइतवार पोखरामा गठबन्धन दलले उम्मेदवार परिचयको साथमा पत्रकार भेटघाट गरी निर्वाचनको प्रचारप्रसार कार्यलाई अझ प्रभावकारी बनाउने जानकारी गराएको छ । गठबन्धन दलले नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति संयोजक रहेको आठ सदस्यीय मूल समिति गठन गरेको  समितिको सदस्यमा गठबन्धन दलका प्रदेशका अध्यक्षहरू गायत्री गुरूङ (नेकपा माओवादी केन्द्र) श्री नाथ बराल (नेकपा एकीकृत समाजवादी), शंकर बराल (जनमोर्चा), किरण थापा (नेकपा समाजवादी पाटी) लगाएत नेता रहेका छन्

त्यस्तै नेपाली कांग्रेसका गण्डकी प्रदेशका महामन्त्री बिष्णुप्रसाद लामिछाने संयोजक रहेको गठबन्धन दलका प्रदेश स्तरीय नेता सदस्य रहेको राष्ट्रिय सभा सदस्य निर्वाचन ब्यवस्थापन उपसमिति बनाई प्रचारप्रसार क़ार्यलाई तीव्रता दिएको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो

गण्डकी प्रदेशको मत भार

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य ६० जनाको मतभार हजार १८० स्थानीय तहका १७० जनप्रतिनिधिको मतभार हजार २३० गरी कूल हजार ४१० रहेको  

प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ स्थानीय तहतर्फ प्रमुख उपप्रमुख गरी ६७ मतदाता रहेका छन्  कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको   नेकपा एमालेका २२ प्रदेशसभा सदस्य स्थानीय तहका प्रमुख उपप्रमुख गरी ६८ जना रहेका छन्  एमालेको जम्मा मत भार दुईहजार चार सय ५८ हुन आउँछ 

यसैगरी माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ स्थानीय तहका प्रमुख र उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार   प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार  

गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय मत भार   राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीन रहेकाले ५७ मतभार   मनाङको निस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेका हुन्  उनको मतभार १९  

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected