89Shares

पोखरा भ्यूज

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा पर्यटन प्रवद्र्धनमा लायन्सको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको सुक्रवार लमजुङबाट प्रतिनिधित्व गर्नु हुने गण्डकी प्रदेश सभा सदस्यजिल्लास्थित पालिका प्रमुख उपप्रमुख, कर्मचारीहरु, विभिन्न कार्यालय प्रमुख एवं प्रतिनिधि, लायन्समा आवद्ध विभिन्न जिल्लाका प्रतिनिधिहरु लगायतको उपस्थितीमा लमजुङको पर्यटन प्रवद्र्धनमा लायन्सको भूमिका विषय संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याविनेट बैठकको पूर्व सन्ध्यामा बैठक मुल आयोजक समिति लमजुङले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो

अन्तरक्रियामा सहभागि सरोकारवाला व्यक्तिहरुले पर्यटन क्षेत्रको विकासका लागि सवै एक जुट हुनुपर्नेमा जोड दिएका थिए कार्यक्रमका प्रमुख अतिथि लायन्सका अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालले लमजुङ जिल्लाको पर्यटन विकासका लागि दिर्घकालिन सोचका साथ अघि वढ्नु पर्ने बताए लमजुङमा लायन्सको तेस्रो क्याविनेट बैठक चलिरहदा डिष्ट्रिक्ट ३२५ आई नेपालका विभिन्न जिल्लाबाट उपस्थित भएका व्यक्तिहरुको माध्यमबाट नै लमजुङको पर्यटकीय स्थलको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पर्यटन मात्र नभई हरेक क्षेत्रमा हरेकले आफ्नो जिम्मेवारी उत्तरदायित्व निष्ठापूर्वक वहन गर्ने हो भने विकासमा केहि केहि योगदान पुग्ने उनको भनाई थियो

कार्यक्रममा प्रदेश सभा सदस्य भेषवहादुर पौडेलले विकासका लागि हातेमालो गर्न आवश्यक रहेको बताए । लमजुङ पर्यटनको लागि प्रचुर संभावना भएको जिल्ला भएकाले यहाँ पर्यटन प्रवद्र्धन हातेमालो गर्न आग्रह गरे।              

अन्र्तक्रिया कार्यक्रममा बेसीशहर नगरपालिका भित्र रहेको पर्यटकीय क्षेत्रहरुको वारेमा जानकारी दिदै बेशिशहर नगरप्रमुख गुमान सिं अर्यालले सिमित बजेट सोत साधनका कारण पर्यटन क्षेत्रको विकासमा चाहेजस्तो उपलव्धि हासिल गर्न नसकेको बताए

क्व्होलासोथर गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङले पालिकाले पर्यटनलाई नै समृद्धिको संवाहक मानेको बताउदै संभावित पर्यटकिय क्षेत्रको विकासका लागि हातेमालो गर्न आग्रह गरे

अन्तरक्रियाका क्रममा राइनास नगरपालिकाले पर्यटन प्रर्वद्धनमा चालेका कदमहरुको वारेमा  राइनासका उपप्रमुख पुष्पराज खनालले जानकारी गराएका थिए राइनास नगरपालिका संभावित पर्यटकिय क्षेत्रको पहिचानसँगै पर्यटनलाई आयआर्जनसँगै जोड्ने प्रयासमा रहेको बताए कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, रोटरी क्लव अफ लमजुङका अध्यक्ष बेनवहादुर सुयल लगायतले सम्वोधन गरेका थिए

कार्यक्रमको विषयवस्तुबारे जानकारीसँगै स्वागत मन्तव्य राख्दै आयोजक समिति अध्यक्ष सुरेश कुमार प्रधानले लायन्सले जिल्लामा सञ्चालन गरेको यस कार्यक्रमले जिल्लाको पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय समग्र जिल्लाका प्रचार प्रसारमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गरे पर्यटकिय क्षेत्रको प्रवद्र्धनसँगै आयआर्जनमा थप टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए

तेस्रो क्याविनेट बैठक मूल आयोजक समितिका संयोजक सुरेश कुमार प्रधानको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य टिकाकुमारी वस्यालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण लायन्स क्लव अफ लमजुङ दरवार सचिव एवं सचिवालय संयोजक किसान संगितनेपालीले गरेका थिए

89Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected