21Shares

पोखरा भ्यूज
९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । तीमध्ये २ महिला र ४२ पुरुष आवेदक रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

उपलकुलपति बन्ने इच्छा व्यक्त गर्दै आवेदन दिनेहरुमा त्रिविका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति प्रा।डा। तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजंग बराल छन् ।

यसैगरी त्रिविको मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन कुसुम शाक्य, त्रिविका पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल, त्रिविका पूर्व रेक्टर गुणनिधि न्यौपाने, खुला विश्वविद्यालयका पूर्व कार्यवाहक उपकुलपति प्रा.डा. इन्द्र कार्की, त्रिविको इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोख्रेलले पनि निवेदन दिएका छन् ।

यसैगरी प्रा.डा. टंकनाथ धमला, प्रा.डा. आनन्दबल्लभ जोशी, प्रा.डा. अक्कलजेभ मिश्र, प्रा।डा। ऋदिश कुमार पोखरेल, प्रा।डा। ज्ञानेन्द्र प्रसाद पौडेल, प्रा.डा. महेन्द्र चालिसे, प्रा.डा. भोजराज अर्याल, प्रा.डा. नारायण प्रसाद बेल्बासे, प्रा।डा। हेमराज शर्मा, प्रा.डा. वेदनाथ शर्मा, प्रा।डा। प्रकाश घिमिरे (काठमाडौं), प्रा.डा. प्रकाश घिमिरे (गोरखा) ले पनि आवदेन दिएका छन् ।

प्रा.डा. केदारनाथ घिमिरे, प्रा.डा. महेन्द्रप्रसाद शर्मा, प्रा.डा. विनोद पराजुली, प्रा.डा. देवबहादुर खड्का, प्रा.डा. कृष्णराज तिवारी, प्रा.डा. गोविन्द सुवेदी, प्रा.डा. नवराज देवकोटा, प्रा.डा. रामप्रसाद रेग्मी, प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. त्रिरत्न बज्राचार्य, प्रा.डा. एकराज ओझा र प्रा.डा. प्रमोद कुमार झाको पनि आवेदन परेको छ ।

यसैगरी डा. रामचन्द्र बस्नेत, डा. विनय कुमार झा, डा. नारायण शुभ पाठक, नारायणप्रसाद पाठक, संगीता रायमाझी, सन्जय आचार्य, सूर्यबहादुर थापा, भिमसेन देवकोटा र बालमुकुन्द रेग्मीले पनि त्रिविको उपकुलपतिका लागि आवेदन दिएका छन् ।

त्रिविले आवेदकहरुमध्येबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक पाउने तीन जनाको नाम शिक्षा मन्त्री नेतृत्वको सिफारिस समितिले कुलपति एवम् प्रधानमन्त्रीलाई बुझाउनेछ । ती तीन जनामध्ये एक जनालाई कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ ।

गत १६ कात्तिकमा प्रा।डा।धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ ।
यसअघि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

 

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected