२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षमा निधन, पूर्व मुख्यमन्त्री पोखरेललाई मातृशोक

पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौं रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो । द्रौपदा कान्छा छोरा सुवाससँग थिइन् ।
तनहुँको म्याग्देमा जन्मेकी द्रौपदाको विसं १९९२ सालमा तनहुँ राम्चेकै गोवद्र्धन शर्मा पोखरेलसँग विवाह भएको थियो । २००७ सालको क्रान्ति र त्यसभन्दा अघिदेखि नै प्रजातन्त्रका लागि जुध्दै आएकी द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भइकी थिइन् । पति गोवद्र्धन शर्मालाई राजनीतिमा लाग्न प्रेरित गर्ने उनी आफू परिवार सम्हालेर समाज सुधारको अभियानमा लागेकी थिइन् । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘गोवद्र्धन शर्मा समाज र राजनीतिकको उचाइमा पुग्नुमा द्रौपदाकै साथ महत्वपूणर् थियो ।’ द्रौपदा शर्माको जीवन राजनीतिबाट दीक्षित, जुझारु र आदर्शपूर्ण थियो ।
पटकपटकको सर्वश्वहरण, पतिमा लामो निर्वासन, पति गोवद्र्धनले दलितसँगै बसेर खाना खाएपछिको सामाजिक बहिस्कारजस्ता उल्झन खेप्दै ४ छोरा अनि २ छोरी हुर्काएकी द्रौपदा संघर्षको अर्को नाम हो । २००७ सालको क्रान्तिअघि उनी स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन । पतिका नाममा तनहुँमा स्थापित गोवद्र्धन शर्मा स्मृति ट्रस्टको संस्थापक अध्यक्ष उनी हाल संरक्षक थिइन् ।
उनका पति गोवद्र्धन शर्मा पोखरेलको २०४६ वैशाख ९ गते निधन भएको थियो । द्रौपदाका ४ भाइ छोरा र २ छोरी छन् । जेठा छोरा रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुन् । जिल्ला विकास समिति तनहुँका पूर्व सभापति भइसकेका रामचन्द्रले नेपाली काँग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको जिम्मेवारी समेत निभाए । पूर्व मुख्यमन्त्री कृष्णचन्द्र द्रौपदाका माइला छोरा हुन् । साइँला छोरा डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कान्छा छोरा सुवासचन्द्र अमेरिका बस्ने भए पनि आमाकै सुसारकै लागि काठमाडौ थिए । द्रोपदाका २ छोरी सत्यम्वदा र प्रियम्वदा छन् । द्रौपदाको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…