33Shares

पोखरा पोखरा
पोखरा । कास्कीको मादी गाउँपालिका ४ सिमलचौर तारकाङमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएका छन ।
रोटरी क्लब अफ पोखरा मिडटाउन र इनरह्वील क्लब अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा मादी ४ सिमलचौर तारकाङ भेगका २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएको इनरह्वील क्लब अफ पोखरा मिडटाउनको एडिटर सृजना कार्कीले जानकारी दिइन ।
कार्कीका अनुसार उक्त शिविरमा मादी गाउँपालिका, रोट्रयाक क्लब, हिमालयन आँखा अस्पताल, र परिवार नियोजनको सहकार्य रहेको थियोभने मेडिकल, सर्जिकल, अर्थो, ओ वि जी, सम्बन्धी सुबिधा समेत प्रदान गरिएको थियो ।

33Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected