52Shares

पोखरा भ्यूज

पोखरा । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका१, सिम्लेस्थित एक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई न्यानोकपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजना जापानी नागरिक केईजी सातोको सहयोगमा श्री जनकल्याण प्राथमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई न्यानो कपडा शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो

आइतवार बिधालय प्रांगणमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष युवराज खनाल, पूर्व अध्यक्षद्वय टंकराज अधिकारी र अर्जुन सिग्देल, सचिव रविकुमार श्रेष्ठले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद काफ़्ले प्रधानाध्यापक मदबहादुर कुँवरलाई हस्तान्तरण गरेका छन्

सामग्री हस्तान्तरण पश्चात बोल्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एण्ड कम्यूनिकेशन डिष्ट्रिक्ट कोअर्डिनेटर एवं क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारीले नेपालमा सेवा प्रदायक समाजिक संस्थामा सबैभन्दा ठुलो फैलिदै गएको संस्थाको लायनवादलाई लिईने बताउदै सामाजिक कार्यका लागि नेपालमा छुट्टै पहिचान बनाएको सामाजिक संस्था लायन्स क्लब भएको बताए  उनले समाज रुपान्तरणमा नेपालका लायन्सहरू निरन्तर संस्थागत रुपमा अघि बढिरहेको पनि जानकारी गराएका थिए 

क्लबका अध्यक्ष युवराज खनालले सामाजिक उत्तरदायित्व अन्तर्गत जापानी नागरिक केईजी सातोको सहयोगमा क्लबमार्फत उक्त कार्यक्रम गरिएको बताए

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष काफ़्ले प्रधानाध्यापक कुँवरले आर्थिक रुपमा विपन्न परिवारका बालबालिकालाई न्यायो कपडा शैक्षिक सामग्री वितरण गरेर लायन्सले निकै उदाहरणीय काम गरेको भन्दै क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका थिए

52Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected