२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

“पोखरा म्याराथनका हामी सबै पोखरेलीहरु आयोजक हौं” : मेयर आचार्य

पोखरा भ्यूज

पोखरा  । आगामी फागुन पाँच गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् ।
नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि शनिबार पोखरा महानगरपालिका सँग भएको छलफलको क्रममा पोखराका मेयर आचार्यले म्याराथनको रुटमा पर्ने वडाहरुमा रहेका बाधा–अवरोध हटाउँदै समग्र पोखरा महानगरवाशीलाई म्याराथनमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् ।
म्याराथनको संरक्षक समेत रहेको पोखरा महानगरले पोखरा अन्तर्राष्ट्रिय म्याराथन महानगरको इभेन्ट समेत भएकाले त्यसको अपनत्व महानगरले लिएको मेयर आचार्यले बताए । पोखरा म्याराथनको रुटमा हाल पोखरामा जाइकाले पानीको लागि बाटो खन्ने काम गरेको र मध्येपहाडी लोकमार्गको काम भएका ठाउँमा धावकलाई सहज हुने किसिमले सडकलाई तत्कालै बनाउन उनले निर्देशन समेत् दिएका छन् । उनले भने–“म्याराथनको दिन म्याराथनको रुट कम्तिमा पनि खेलाडीहरुलाई असहज हुने गरी राख्न भएन । सबै खाल्डाहरु पुर्न म वडाहरुलाई निर्देशन दिन चाहन्छु ।”
मेयर आचार्यले सम्बन्धित निकायका व्यक्तिहरुलाई फोन समेत् गर्दै सडकका खाल्डाहरु पुर्न र धावकलाई असर नपर्ने गरी सम्याउन निर्देशन दिए । यस्तै रुटमा पर्ने वडा–वडाको सडकका खाल्टा वा अव्यवस्थित भए वडाले नै समाधान गर्न निर्देशन दिए । “जाइका र मध्यपहाडीको काममा अलि समस्या हो त्यहाँ म समन्वय गर्नेछु बाँकी वडाको कामहरु वडाबाटै गर्नुहोला” मेयरले भने, “कहाँ के गर्न पर्छ त्यो तत्कालै गर्नु । वडाको व्यवस्थापन वडाबाटै गर्नुस हामी सबै आयोजक हौं ।”
पोखराका विद्यालय, आमा समूह, युवा क्लबहरुसँग समन्वय गर्नका लागि शिक्षा महाशाखालाई समेत मेयर आचार्यले निर्देशन दिएका छन् ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले रुटमा धावकलाई असर पर्ने गरी राखिएका निर्माणका सामग्री र खाल्डाहरुलाई तत्काल पुर्नका लागि अनुरोध गरे । उनका अनुसार यस पटकको रुटमा पोखराको शहरभन्दा बाहिरको रुट २५ किमि रहेको  जानकारी दिए । उनले भने–“कुल म्याराथनमा २५ किमि रुट नयाँ हो । हामी शहर भित्रको सबै रुटहरुमा धावकहरुलाई कुनै समस्या नआओस भन्ने पक्षमा छौं ।”
निवर्तमान अध्यक्ष तेज गुरुङले म्याराथन रुट, पुरस्कार र धावकहरुको बारेमा चर्चा गरे । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुसरण गर्दै म्याराथनका लागि सहभागिता निश्चित गरेको सुनाए । गुरुङका अनुसार खुल्ला म्याराथनमा एक सय ५० धावकले मात्र दर्ता गराउन पाउनेछन् । यस्तै महिला हाफ म्याराथनमा ५० १० किमी पुरुषतर्फ चार सय ५०, महिलातर्फ एक सय ५० तथा पाँच किमि छात्रामा ६ सय र छात्रमा एक हजार दुई सय धावकलाई मात्र दर्ता दिने जानकारी गराए । अपाङ्ग तर्फको दौडमा महिला–पुरुषतर्फ दृष्टिविहिन र ह्विलचियर दौड समावेश गरिएको छ । महिला र पुरुष दुबैतर्फका बिजेतालाई पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल, तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
म्याराथनलाई इलेक्ट्रोनिक डिभाइससँग जोडिएकाले व्यवस्थापन गर्न दर्तालाई निश्चित गरेको बताए । छलफल कार्यक्रममा महानगरका मेयर धनराजसहित विभिन्न वडाका वडाअध्यक्ष तथा मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…