77Shares

पोखरा भ्यूज
पोखरा । कास्कीको चापाकोटमा जारी महोत्सबमा चापाकोटमा जन्मिएर पत्रकारिता क्षेत्रमा राष्ट्रियस्तरमा पहिचान बनाएका ब्यक्तित्व गंगाधर पराजुलीलाई सम्मान गरिएको छ । चापाकोटमा जन्मिएर नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष रहेर नेपाली पत्रकारहरुको सेवा सुबिधा र पारिश्रमिकको सवालमा साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार पराजुलीलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपध्यक्ष समेत रहेर काम गरेका पराजुली हाल नेपाली काँग्रेसको केन्द्रीय प्रचार बिभागको सदस्य समेत रहेका छन् उनि गुरुकुल खबर अनलाइनका अध्यक्ष एबम प्रधान सम्पादक रहेका छन् । उनले यस अगाडी पनि राष्ट्रिय एबम अन्तरास्ट्रिय पुरस्कार र सम्मानहरु प्राप्त गरिसकेका छन् ।
माघ २४ देखि २८ गते सम्म चल्ने उक्त महोत्सब लाई सफल पार्न आर्थिक सहयोग गरेको भन्दै स्थानीय शिवलाल पराजुली र घनश्याम पराजुलीलाई पनि सम्मान गरिएको थियो । शिवलाल पराजुलीले आफ्नो परिबारको तर्फबाट १ लाख ५० हजार रुपैया सहयोग गरेका थिए भने घनश्याम पराजुलीले ५० हजार रुपैया सहयोग गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले सम्मानपत्र प्रदान गर्नुको साथै दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरेका थिए थियो भने अन्य सहयोगदाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो देवकोटा चापाकोटमा जन्मिए पनि बारा जिल्लामा बसाईसराई गरेपछि बागमती प्रदेशमा रहेर राजनीतिमा सक्रिय छन् । उनि यसअगाडी सत्तारुढ गठबन्धन दल मध्ये एकिकृत समाजबादीको तर्फबाट राष्ट्रिय सभामा निर्बाचित भएका हुन् ।
यसै गरि सम्मान पछि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य देवकोटाले चापाकोट आफ्नो जन्मस्थल भएकोले पनि यस क्षेत्रको समग्र बिकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले गाउँको भौतिक, सामाजिक, आर्थिक तथा पर्यटकीय बिकासको लागि सरकारको बजेट लिनसक्नुपर्ने र त्यसको लागि स्थानीय बासिन्दाहरुले विभिन्न तहका सरकार समक्ष निरन्तर लबिंग र दवाबमा सक्रिय रहनुपर्ने बताए ।
कार्यक्रममा महोत्सब आयोजक समितिका अध्यक्ष भिम पराजुली, पोखरा पर्यटन प्रबर्धन समितिका रबिन्द्र पौडेल र आयोजक सचिब जिबन सुनार लगायतले आफ्नो भनाई राखेको थिए ।
महोत्सबका क्रममा विभिन्न समुहले आफ्नो आफ्नो प्रस्तुति दिने क्रम शनिबार पनि जारी रह्यो । जस अन्तर्गत खुल्ला रतेउली प्रतियोगिता, भजन प्रतियोगिता, नौमती बाजा प्रतियोगिता, कौडा नृत्य प्रतियोगिता, सामुहिक बालनृत्य प्रतियोगिता र झाँकी प्रतियोगितामा भाग लिएका समूह र व्यक्तिले आआफ्नो समुहको प्रस्तुतिलाई निरन्तरता दिएका छन् ।
प्रतियोगिता अन्तर्गत बाँकि रहेका विभिन्न समुहको संस्कृतिक कार्यक्रम आईतबार सकिने र सोहि दिन बिजेता घोषणा गरि पुरष्कृत गरिने जानकारी संस्कृतिक कार्यक्रमका संयोजक युबराज भण्डारीले जानकारी दिएका छन् । शुक्रबार चोलेंन्द्र पौडेलले गीत गएर दर्शकलाई मनोरंजन दिलाएका थिए ।
महोत्सब अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताको निर्णायकहरुमा सरला पाण्डे. बद्रि पराजुली र शिवहरी ढुंगाना रहेको चौथो चापाकोट देउराली सामुदायिक होमस्टे संस्कृतिक महोत्सवका सचिब जिबन सुनारले जानकारी दिए ।

77Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected