108Shares

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा डल्फिनले डिजी टु क्लब भिजिट कार्यक्रम सम्पन्न गरेको छ । आइतवार डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट कोअर्डिनेटर अमृत शोभा खत्री, हरिराज पन्त, सूर्य नारायण बरालपवित्रराज तिवारी, युवराज खनाल, टंकराज अधिकारीलगायत डिष्ट्रिक्टका सिनियर लिडरको उपस्थितिमा क्लबले सो कार्यक्रम सम्पन्न गरेको हो 

कार्यक्रममा क्लबका अध्यक्ष रेवती भण्डारी, संस्थापक अध्यक्ष रामबहादुर बयलकोटी, पूर्व अध्यक्ष ऋषि गिरी, निवर्तमान अध्यक्ष शान्ता बहादुर लामिछाने लगाएत क्लबका पूर्व अध्यक्ष पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो

डिष्ट्रिक्ट गभर्नर केसीले डिजी टु क्लब भिजिट बारे प्रशिक्षण एवं सुझाबपछि पूर्व अध्यक्ष एवं क्लबका पदाधिकारी एवं सदस्यहरूले कार्यक्रमको बारे आफ्ना धारणा राखेका थिए  डिष्ट्रिक्ट गभर्नर केसीले क्लबका कमिकमजोरी एवं राम्रो पक्षको विषयमा छलफल गरी सुझाब दिनुका साथै अनिवार्य गर्नुपर्ने विषयमा प्रतिबद्धता गराई अन्तरक्रियात्मक कार्यक्रममा परिणत गराएका थिए 

कार्यक्रममा क्लबका सदस्य एवं पदाधिकारीहरूले डिजी टु क्लब भिजिट कार्यक्रमबाट धेरै सिक्ने अवसर पाएको बताएका थिए डिजी भिजिटपछि क्लबमा थप उर्जा थपिएको कुरा सहभागी सबैले स्विकार्दै आगामी दिनमा पनि यस्ता प्रशिक्षण मिल्ने खालका कार्यक्रम राख्न सबै सदस्यले अनुरोध गरेका थिए । अधिकांशले लायन्समा लागेर अरु केहि नपाए पनि सन्तुष्टि भने प्रशस्तै पाइने, क्लबमा लिन होइन दिन आइने भएकोले सकेको सबैले दिन अनुरोध समेत गरेका थिए ।

क्लबका संस्थापक अध्यक्ष बयलकोटीले क्लब स्थापनाको १०औं वर्ष प्रवेश गर्दै गर्दा पनि अझ धेरै कुरा सिक्न बाँकी रहेको कुरा उठाउँदै सबै सदस्यहरुलाई लायनवाद बारे अझै जानकारी लिन अनुरोध गरेका थिए

कार्यक्रममा क्लबको तर्फबाट अध्यक्ष, सचिव कोषाध्यक्षले क्लबको हालसम्मको प्रगति विवरण सहित भावी कार्यक्रम प्रस्तुत गरेका थिए कार्यक्रममा उपस्थिति सबैलाई क्लब अध्यक्ष रेवती भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए

108Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected