1Shares

पोखरा भ्यूज
पोखरा । रविन्द्र माकाजुद्वारा लिखित दीपक बाटाजुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ ।
राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आज पुस्तकको विमोचन गरेका थिए । पोखराका बरिष्ठ शिक्षाशसेवी स्व.ऋषिकेशव पराजुली पोखराको पृथ्वी नारायण क्याम्पस, राष्ट्रिय मा.वि., कन्या स्कुल, नबिन मा.वि. र पोखरा बृद्धाश्रमका संस्थापक रहेका थिए ।
कार्यक्रममा प्राज्ञ सरुभक्तले निस्वार्थ कर्मयोगिहरू कहिल्यै नहार्ने बताउँदै गण्डकी प्रदेशमा शिक्षा, समाजसेवा र लोकतन्त्रका लागि आजीवन संघर्ष, समन्वयको भुमिका निर्वाह गर्दै आउनु भएका पण्डित ऋषिकेशव पराजुलीको जीवन आगामी पुस्ताका लागि अनुकरणीय रहेको बताए ।
सामाजिक उन्नयनका लागि पराजुलीले पुर्‍याएको योगदान भुल्न नसकिने बताउँदै उनले हाम्रो समाजमा ईतिहासको अभिलेखन हुन नसकेको र त्यस्लाई पूरा गर्ने जिम्मेवारी आफुहरूको भएको बताए ।
ऋषि केशव जस्ता सामाजिक व्यक्तित्वलाई स्थानीयस्तरमा पठनपाठनको लागि पाठ्यक्रममा राखिनुपर्ने बताउँदै उनले पोखरा महानगरले त्यस्ता ऐतिहासिक व्यक्तित्वको सम्मान गर्नुपर्ने बताए ।
बरिष्ठ नाट्यविद् प्रा.डा. रामचन्द्र पोखरेलले स्व.ऋषिकेशव पराजुली स्वयम् बिबेकशील श्रष्टा र द्रष्टा दुबै रहनुुभएको बताउनुुभयो । सेवा नै धर्म हो भनेर आफ्नो जीवन अर्पिएका पराजुलीले आफ्नो उत्तरार्धमा असहाय बेवारिसे ज्येष्ठ नागरिकहरुलाई उद्दार हुने कर्म गर्नु भएको उनले बताए । पोखराको साठीघरे पराजुलीको बंशमा जन्मिएका पराजुलीले नेपालको सबैभन्दा ठूलो पृथ्वीनारायण क्याम्पस स्थापनाका लागि करिब दुई सय रोपनी भन्दा बढि जग्गा दान गर्न प्रेरित गर्नुभएको पोखरेलले बताए ।
कार्यक्रममा राष्ट्रिय मा.वि.का अध्यक्ष रामबिक्रम राणा, लेखक रबिन्द्र माकाजु, प्रकाशक दीपक बाटाजु, साठीघरे पराजुली समाजका अध्यक्ष बिश्वगोपाल पराजुली, प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, समाजसेवी बरुणविक्रम राणा लगायतले उनले समाजिक एवम् राजनीतिक क्षेत्रमा गर्नु भएको योगदान बारे चर्चा गरिएको थियो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected