382Shares

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा डल्फिनले लायन बर्ष २०२४/२५ का लागि नयाँ कार्यसमिति चयन गरेको  । क्लबको शुक्रवार सम्पन्न निर्वाचनले हालका प्रथम उपाध्यक्ष गोविन्द खड़कालाई आगामी कार्यकालको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनको कार्यकाल आगामी जुलाई एक गते देख़ि सुरू हुनेछ, उनि क्लबको ११औं अध्यक्ष भएका छन्

क्लबको प्रथम उपाध्यक्षमा सुरेन्द्र वराल, द्वित्तिय उपाध्यक्ष शेर बहादुर राना, तृतिय उपाध्यक्ष खिमलाल बराली, सचिव गणेश बहादुर थापा, कोषाध्यक्ष वामदेव पौडेल, सहसचिव शिवराज रेग्मी सह कोषाध्यक्ष योगेन्द्रराज भण्डारी निर्वाचित भएको क्लबका पूर्व अध्यक्ष ऋषि गिरीले बताए ।                            

यसैगरी, मेम्बरसिप चियरपर्शन विरेन्द्र सिके, एलसिआईएफ कोअर्डिनेटर रेवती भण्डारी, सर्भिस चेयरपर्सनमा क्या.सन्त बहादुर लामिछाने, मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा ऋषि गिरी चयन भएका छन्

यस्तै, डाइरेक्टरमा नथुनी शाह, गोविन्द . दवाडी, यादव कुमार श्रेष्ठ, शिव नारायण गोशली, विनोद थापा, टेमरमा मिलन बाबु सुनार टेल ट्विस्टर डा. मुकेश मल्लिक सर्वसम्मत निर्वाचित भएको गिरीले जनाए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष राम बहादुर बयलकोटी, वर्तमान अध्यक्ष रेवती भण्डारी लगाएतले नयाँकार्य समितिलाई सामाजिक मानवीय सेवाका क्षेत्रमा रचनात्मक काम गर्न सुझाव दिएका थिए ।

382Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected