15Shares

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की कास्की जिल्लाको पश्चिम क्षेत्रमा रहेको पुरानो स्कूल मध्येको एक श्री मेश्रम वराह माध्यमिक विद्यालयको हिरक जयन्ती२०८० को शुभारम्भ भएको मंगलवार विद्यालय प्रांगणमा आयोजित एक समारोहका बीच अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीले संस्थापक तथा जग्गादाता लक्षमण गुरूङको शालिकमा माल्यार्पण, हीरकद्वार उद्घाटन, हीरक स्तम्भ शिलान्यास गरी हीरक जयन्ती२०८० को शुभारम्भ गरेका हुन्

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा हीरक जयन्ती मूल समारोह समितिका संयोजक लक्षिन गुरुङको अध्यक्षता, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीको प्रमुख अतितथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका निवर्तमान अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष चन्द्रकला अधिकारी, शिक्षा बिकास समन्वय कास्कीका प्रमुख लोकनाथ आचार्य, वडा नं. ११ का वडाध्यक्ष हिमबहादुर गुरूङ लगाएतले शिक्षाको महत्व शिक्षण सिकाईका बारेमा आफ्ना भनाई व्यक्त गरेका थिए

विद्यालयले स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाएको हो अन्नपूर्ण गाउँपालिका१०, घान्द्रुक कास्कीमा विसं २००६ सालमा स्थापित उक्त माविले मंगलवार देख़ि विहिवारसम्म तीन दिन विविध कार्यक्रमका साथ हीरक जयन्ती मनाउँदैछ

सो, अवसरमा बिधालयमा संचालित अन्तर सदनात्मक अतिरिक्त क्रियाकलाप२०८० मध्ये छात्र फुटवल, छात्र/छात्रा भलिवल, छात्र बास्केटवल प्रतियोगितामा प्रथम/द्वित्तिय/तित्तिय स्थान प्राप्त गर्नेलाई पुरस्कार प्रदान गरिएको थियो त्यस्तै, गाउँपालिका स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता, घान्द्रुकमा कार्यरत अन्तर संस्था सेवेन साईड फुटबल प्रतियोगितामा प्रथम/द्वित्तिय/तित्तिय स्थान प्राप्त गर्नेलाई पनि पुरस्कार प्रदान गरिएको थियो बिधार्थीहरूलाई अनुशासन पुरस्कार, व्यक्तिगत सरसफाइ पुरस्कार, उत्कृष्ट पि.टि. प्रदर्शन पुरस्कार, कक्षागत शैक्षिक पुरस्कार (शैक्षिक वर्ष २०७९ को परीक्षामा कक्षागत रुपमा प्रथम, द्वित्तीय र तृतीय हुने विद्यार्थीहरुलाई छात्रवृत्ति पुरस्कार, एस्. .. उत्तीर्ण ग्रेड बि देखि माथि ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति पुरस्कार, कक्षा ११ र १२ उत्तीर्ण ग्रेड बि देखि माथि ल्याउने विद्यार्थीहरु छात्रवृत्ति पुरस्कार वितरण गरिएको थियो

उनिहरूलाई विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लक्षिन गुरुङ, पालिका अध्यक्ष बिष्णु केसी, निवर्तमान अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष चन्द्रकला अधिकारी, शिक्षा बिकास समन्वय कास्कीका प्रमुख लोकनाथ आचार्य, वडा नं. ११,  र  का वडाध्यक्षहरू हिमबहादुर गुरूङ, भरतमान गुरूङ, तुलसीप्रसाद अधिकारी, पालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाई लगाएतले पुरस्कार वितरण गरेका थिए

तत्कालीन समयमा विद्यालयको आवश्यकता महसुस गर्दै समाजसेवी स्व धीरबहादुर गुरुङको सक्रियतामा कक्षा सम्म पठनपाठन गर्ने गरी मेश्रम बराह मिडिल स्कुल स्थापना गरिएको थियो २०३४ साल माघ १८गतेदेखि कक्षा सम्मको पठनपाठन थालेको विद्यालयले २०३५ साल पुस १६ गते कक्षा को स्थायीस्वीकृति प्राप्त गरेको थियो विद्यालयले २०३६ पुस १८ गतेदेखि कक्षा १० को स्थायी स्वीकृति प्राप्त गरेकोजानकारी दिँदै गुरूङले २०७४ साउनदेखि अस्थायी अनुमति लिएर कक्षा ११ १२ को पठनपाठन भईरहेको

हिमालको काखका साथै सडक सञ्जाल लगायतको अभावका कारण आसपासका क्षेत्रमा विद्यालय नहुँदाआव २०३५/३६ तिर वरपरका दाङसिङ, सावेद, भुक, लुम्ले, लान्द्रुक, काँडे, ल्वाङघलेलगायत स्थानबाटविद्यार्थीहरू यस विद्यालयमा पढ्न आउने गर्दथे

यस विद्यालयबाट हालसम्म करिब सात सय विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका प्रधानाध्यापक यामप्रसादभण्डारीले जानकारी दिए पछिल्लो समयमा गाउँबस्तीहरू खाली हुने क्रम बढिरहेको अवस्थामा पनि हाल यसविद्यालयमा तीन सय १० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उहाँले कक्षा ११ १२ मा व्यवस्थापन शिक्षातर्फका विषय पठनपाठन भइरहेको बताए
स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको सुरुआतीगन्तव्यसमेत भएकाले आगामी दिनमा होटेल म्यानेजमेन्टको कक्षासमेत सञ्चालन गर्ने विद्यालयको सोच

हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको थियो यसै सन्दर्भमाविद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीय समाजसेवीसँग चन्दा सहयोग सङकलन सुरु गरिएको अर्थसङ्कलन उपसमितिका संयोजक ललित गुरुङले बताए चन्दा दाताहरूबाट रु पाँच सयदेखि रु पाँचलाखसम्म आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिँदै हीरक जयन्ती सम्पन्न गर्न करिब रु ५० लाख खर्चहुने अनुमान गरिएको अर्थ सङ्कलन संयोजक गुरूङले जानकारी दिए सङ्कलित रकम हीरक जयन्तीअन्तर्गतका कार्यक्रममा न्यूनतम खर्च गरी बाँकी रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं अत्यावश्यकपूर्वाधार निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको संयोजक गुरुङले बताए
विहिवार सम्म संचालन हुने कार्यक्रममा विविध खेलकुद भलिबल/फुटबल/बास्केटबल, सांस्कृतिक कार्यक्रम, भूपू शिक्षक/विद्यार्थी पूनर्मिलन तथा सम्मान, चन्दादाता एवं विद्यालयमा अध्ययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वको सम्मान आदि समावेश गरिएको व्यवस्थापन समितिका अध्यक्ष लक्षिन गुरूङले बताए

साथै स्मारिका प्रकाशन, हीरक स्तम्भ निर्माणलगायत कार्यक्रम पनि समावेश गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिए । शिक्षकद्वय सिता खनाल पौडेल र दीपक सापकोटाको संचालनमा रहेको कार्यक्रममा शिक्षक, बिधार्थी एवं स्थानीय आमा समूहले विभिन्न गित एवं नृत्य प्रस्तुत गरेका थिए ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected