14Shares

पोखरा । बागलुङ नगर पालिकाद्वारा स्थापित वीरशाली पन्त गौरवमय पुरस्कारबाट पोखरास्थित विन्दबासिनी संस्कृत विद्यापीठका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मी सम्मानित भएका छन् ।
वीरशाली पन्त स्मृति कोषले सोमबार एक कार्यक्रमका बीच विन्दबासिनी संस्कृत विद्यापीठका प्राचार्य डाक्टर जगन्नाथ रेग्मीलाई नगद रु. २५ हजार सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको हो । सो पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटा र बागलुङ नगरपालिकाका नगर उप-प्रमुख राजु खड्काले संयुक्तरुपमा प्रदान गरेका हुन् ।
तत्कालीन मुलपालीको ढिकीचौरमा जन्मनु भएका नेपाली र संस्कृत साहित्यका मूर्धन्य स्रष्टा पन्तको स्मृतिमा २०७७ साल फागुन २८ गते बागलुङ नगरपालिकाको बैठकले स्मृति कोषमा ५ लाख रुपैया राखेर कोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट पुरस्कार प्रदान गरिएको कोषका संयोजक प्राज्ञ प्रेम छोटाले जानकारी दिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उप-प्रमुख खड्काले भाषा, कला, साहित्य र संस्कृतिको जर्गेनाका लागि बागलुङ नगरपालिकाले नगरपालिकाले सक्दो लगानी गर्ने बताईन् । पुरस्कृत डा. रेग्मीका दर्जन बढि भाषा, साहित्य, धर्म संस्कृति लगायत दर्जन बढि कृति प्रकाशित छन् ।
कार्यक्रममा सम्मानित व्याक्तित्व प्रा.डा. जगन्नाथ रेग्मी, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राःडा राम प्रसाद शर्मा, पुर्व नगर प्रमुख जनक पौडेल, वरिष्ठ साहित्यकार काजिरोशन, वीरशाली पन्त स्मृति कोषका सदस्य ज्ञानेन्द्रराज पन्त, समाजसेवी विश्वनाथ रेग्मी र बिना कार्की लगायतले बोलेका थिए ।
वीरशाली पन्त स्मृति कोषका अध्यक्ष प्रेम छोटाको अध्यक्षता एवम् सचिव हरिप्रसाद पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठले स्वागत गरेका थिए ।

14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected