२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

गण्डकी पारा खेलकुदमा विभिन्न इभेन्टहरु सम्पन्न

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बुधबार पहिलो दिन विभिन्न इभेन्टहरु सम्पन्न भएका छन् ।
पोखरा रंगशालामा पहिलो दिन मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता र अटिजम अपाङ्गता गरी तीन विभिन्न खेलका इभेन्टहरु सम्पन्न भएका हुन् । यस अघि उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
मनोसामाजिक अपाङ्गता म्युजिकल चियर प्रतियोगितामा विपना तामाङ्ग प्रथम, मनिशा भुसाल द्वितिय, सुजिता परियार तृतिय र ऋतु मजाकोटी चौथो भएकी छन् । बिजेताहरुले क्रमश नगद रु ५ हजार, ३ हजार, १ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यसै गरी बौद्धिक अपाङ्गता ८ देखि ११ वर्ष उमेर समुह ५० मिटर दौडमा पुरुषतर्फ विप्सन रोका र अरव जेटी र प्रिन्स गुरुङ क्रमश पहिलो, दोस्रो र तेस्रो हुँदा महिलातर्फ गुराँस रम्तेल, सुहानी बराल र प्रज्ञा कार्की पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
त्यस्तै गरी बौद्धिक अपाङ्गता ११ देखि १५ वर्ष उमेर समुह १०० मिटर दौडमा पुरुषतर्फ सानु रिजाल पहिलो, प्रसान्त गुरुङ दोस्रो र तेज प्रसाद अधिकारी तेस्रो भएका छन् महिलातर्फ दिपशिखा श्रेष्ठ पहिलो, अनिशा कुमाल दोस्रो र प्रतिभा पौडेल तेस्रो भएका छन् ।
यसै गरी अपाङ्गता १६ वर्ष उमेर माथी २०० मिटर दौडमा पुरुषतर्फ सागर शेरचन पहिलो, शिशिर पौडेल दास्रो र मलन गुरुङ तेस्रो हुँदा महिलातर्फ १०० मिटर दौडमा ऋतु गुरुङ पहिलो, हेलेन श्रेष्ठ दोस्रो र प्रकृती केसी तेश्रो हुन सफल भए ।
बुधबार नै सम्पन्न अटिजम अपाङ्गता दौड सिकाई समुह ३ देखि ५ पुरुषतर्फ रिजन आचार्य, प्रतिक अधिकारी र सागर गुरुङ महिलातर्फ आध्या अधिकारी, सुविना अधिकारी र शर्मिला गिरी क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
सोही इभेन्ट सिकाई समुह ६ देखि १० तर्फ पुरुषतर्फ सञ्जिव कुंवर, रेगम गुरुङ र सिजन गुरुङ तथा महिलातर्फ प्रयुश लामिछाने, प्रियन्स भण्डारी र निमेश पौडेल क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् । त्यस्तै सिकाई समुह १० माथी सुभन गुरुङ, अनुकुल लम्साल र आर्यान खत्री तथा महिलातर्फ प्रान्जली घिमिरे, आध्या अधिकारी र सर्लिन गिरी क्रमश पहिलो, दोस्रो र तेस्रो हुन सफल भएका छन् ।
उनीहरुले नगदुसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेता खेलाडी तथा सहभागिहरुलाई प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम, परिषदका सदस्य विष्णुमायाँ गुरुङ, कार्यक्रमका संयोजक एवं परिषदका सदस्य अमृत बराल, प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी एथलेटिक्स संघका अध्यक्ष  हरि बरुवाल, पोखरा महानगर खेलकुदका सदस्य भरतविक्रम बानियाँ, बौद्धिक अपाङ्गता संघका केन्द्रिय महासचिव राम नारायण श्रेष्ठ, कास्की नेत्रहिन संघका कार्यालय प्रमुख एक बहादुर गुरुङलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
पहिलो दिन उक्त प्रतियोगतामा करिव ८० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तर्गत चैत्र १० गते क्रिकेट महिला पुरुष, ह्विल चियर बास्केटबल, ह्विलचियर टेबुल टेनिस, भलिबल, ब्याडमिन्टन र बोसियाका खेलहरु सञ्चालन हुने संयोजक बरालले जानकारी दिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…