13Shares
पोखरा । सशस्त्र प्रहरी बल, कालिका गण मालेपाटन र गण्डकी मेडिकल कलेज बिच स्वास्थ्य सुविधा छुट सम्बन्धि सम्झौता भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.२४ गण हे.क्वा. कालिका गण कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मा र गण्डकी मेडिकल कलेज नयाँबजार पोखराका प्रिन्सिपल डा. रविन्द्र प्रसाद श्रेष्ठ बिच मंगलवार स्वास्थ्य सुविधा छुट सम्बन्धि सम्झौता भएको छ ।

गण्डकी प्रदेशमा कार्यरत सम्पुर्ण सशस्त्र प्रहरी तथा परिवारजन, गण्डकी प्रदेश भित्र बसोबास गर्ने अवकाश प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीहरुका आश्रित परिवारलाई विभिन्न स्वास्थ्यसेवाहरुमा १५ प्रतिशत देखी १०० प्रतिशत सम्म स्वास्थ्य सुविधाहरुमा मंगलवारबाटै नै लागू हुने गरी छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।




13Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।