15Shares

पोखरा । नेपाल बित्तिय संस्था कर्मचारी संघ (फियुन) जिल्ला समिति कास्कीको आयोजना अनौपचारिक क्षेत्रका श्रमिकलाई वित्तिय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले कार्यक्रमको उद्घाटन गर्दै प्रशिक्षणले श्रमिकहरुको दैनिक जिवनमा केहि न केहि योगदान दिने वताउँदै दिन प्रतिदिन आर्थिक कारोबारमा सर्तकता हुन सिकाउने विश्वास गरेकी थिइन् ।
प्रशिक्षक तथा अध्यक्ष याम बहादुर रानाभाटले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई लक्षित यस प्रकारका कार्यक्रम निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्दै बैकिङ क्षेत्रमा देखा परेका समस्याको वारेमा प्रशिक्षण दिएका थिए । साथै उनले आजको युगमा ट्रेड युनियनले श्रमिकको क्षमता अभिवृद्धि, उद्यमशिलता विकास, तथा सुरक्षित तरिकाले काम गर्न विभिन्न तालिम तथ सेमिनार आयेजना गर्नुपर्ने विषयमा ध्यनकेन्द्रित गरेका थिए ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै केन्द्रिय सदस्य कृष्ण प्रसाद बास्तोलाले स्वागत मन्तब्व दिएका थिए ।
निर्माण श्रमिक संघका प्रतिनिधि राजेश बुढा मगर अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई बैकिङ कसुर सम्बन्धि नबुझेको कारण धेरै दुख पाएको वताएका थिए ।
त्यसै गरी ओम प्रकाश पोखरेलले बैङ्किङ सम्बन्धि प्रशिक्षण र रबिचन्द्र पौडेलले जाली नोट पहिचान सम्बन्धि प्रशिक्षण दिएका थिए ।
प्राइम बैंक कर्मचारी संघका केन्द्रिय सदस्य किसन गिरीले कार्यक्रम संचालन गरेका थिए ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected