1Shares

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ ।

गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए । पछिल्लो समय युवापुस्ता मोवाइल तथा कम्प्युटरको प्रयोगमा अभ्यष्थ भएको बताउदै इन्टरनेटको सहि सदुपयोग गर्दै पर्यटकिय गाउँ तथा स्थानिय उत्पादनको डिजिटल माध्यमबाट प्रर्वद्घन गर्न वडा भित्रका सामुदायिक विघालयका शिक्षक , पर्यटन तथा कृषि क्षेत्रमा आवद्घ डिजिटल माध्यममा चासो र सकृय रहेका युवालाई नेतृत्व संगै डिजिटल साक्षरता तालिम प्रदान गरिएको बताए ।

वडा सदस्य चोक प्रसाद दाहालले तालिमको प्रभावकारीतालाई अध्ययन गरि आगामी दिनमा यस किसिमका तालिमहरुलाई निरन्तरता दिने बताए । तालिमका सहजकर्ता मधु अधिकारीले अहिलेको आधुनिक युगमा प्रविधिको सहि सदुपयोग गर्न डिजिटल साक्षरता प्रमुख आवश्यक्ता भइसकेको बताए । पहिले निरक्षर नागरिकलाई साक्षर बनाउन राज्यले पढ्न नपाएकालाई प्रौढ शिक्षा दिए जस्तै अहिलेको अवस्थामा राज्यले हरेक नागरिकलाई डिजिटल साक्षर बनाउन लगानी गर्नुपर्ने बताए । अधिकारीले स्थानिय तहमा डिजिटल साक्षरता तालिमको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

प्रशिक्षार्थीको तर्फबाट आफ्नो अनुभव सुनाउदै अंकिता दाहालले तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई आफुले लागु गर्दै अरुलाई पनि सिकाउने प्रतिवद्धता जानाइन । वडा सचिव विष्णु भट्टराईले धन्यवाद ज्ञापन गरेको उक्त समापन समारोहको संचालन प्रशिक्षार्थी प्रतिमा गुरुङ र प्रदिप गुरुङले गरेका थिए । तालिममा वडा नम्बर ८ भित्रका ल्वाङ, घलेल, कोलेली, लुमे्र लागायतका गाउँबाट १६ जनाको सहभागिता थियो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected