पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । प्रतिस्पर्धी माधव बास्तोलालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । क्षेत्रीले ५५१ मत ल्याउँदा बास्तोलाले ३२४ मत ल्याएका थिए । अध्यक्षमा निर्वाचित क्षेत्री यस अघि जिल्ला कमिटी सचिव थिए ।
शनिवार सुरु भएको एमाले कास्कीको ११औं अधिवेशन बुधबार मात्रै सकिएको हो । मंगल साँझदेखी बुधवार दिउँसोसम्म विद्युतीय मेसिनमा मतदान भएको थियो । मतदान सकिए लगत्तै नतिजा आएको हो ।
पदाधिकारीमा क्षेत्री प्यानलबाट उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा, उपसचिव सन्तु सुवेदी र लालबहादुर परियार विजयी भएका छन् । सचिवका उम्मेदवार लामाले सर्वाधिक लोकप्रिय मत ५९५ मत ल्याएका थिए । १२१ पदमा नै बास्तोला र अधिकारीको प्यानल थियो । अध्यक्षमा उनीहरूको प्यानल बाहेक विवेक त्रिपाठी उम्मेदवार थिए । त्रिपाठीले १७ मत प्राप्त गरे । ९३५ मतदाता मध्ये ९१४ मतदाताले मात्र मतदान गरेका थिए ।

क्षेत्री एमालेका केन्द्रिय नेता खगराज अधिकारी समुहबाट उमेदवार थिए भने बास्तोला एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहबाट ।

