23Shares

काठमाडौं नेपाल पर्यटन बोर्डको संचालक समिति सदस्य पदमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीका युवा पर्यटन व्यवसायी ऋषि भण्डारी नियुक्त भएका छन् । 

काठमांडौ गार्ड़ेन होमका निर्देशक, पदयात्रा तथा हिमाल आरोहण संचालन गर्ने संस्था सतोरी एडभान्चर प्रालिका प्रबन्ध निर्देशक, हिमाल आरोहण संचालन गर्ने व्यवसायीहरुको छाता संगठन पर्वतारोहण संचालक संघ नेपालको महासचिब समेत रहेका भण्डारी एक सफल युवा पर्यटन व्यवसायी हुन्

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बोर्डको रिक्त पदमा उनी सहित रामप्रसाद सापकोटा राजेन्द्र लामालाई नियुक्त गरेको हो

पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार ५ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो

०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शा नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त हुन पुगेको थियो

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected