२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

फेवा महोत्सवको तयारीलाई तीव्रता

पोखरा । यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने १९ औं फेवा नव बर्ष महोत्सवको तयारीलाई तीव्रता दिईएको छ ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्म सडकमा नै आयोजना गर्ने महोत्सवलाई भव्य बनाउन तयारीलाई तिव्रता प्रदान गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । पर्यटक र स्थानीय आगन्तुक गरी तीन लाखले सहभागिता जनाउने अनुमान गरिएको अध्यक्ष सुवेदीले जनाए ।

नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने र कोभिड १९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्धेश्यले आयोजना हुने महोत्सवमा सांस्कृतिक झाँकी, पंचै बाजा, दोहोरी, नाचगानका कार्यक्रम, कन्सर्ट र पर्यटक दौड समावेश हुने संयोजक सुवेदीले उल्लेख गरे ।

पोखरा पर्यटकीय राजधानी घोषणा भएको खुसियाली र नयाँ वर्षलाई उल्लासपूर्ण बनाउन संघ अन्तर्गतका होटलहरुले पाहुनालाई २० प्रतिशत सम्म छुट प्रदान गर्ने पनि उनले स्पष्ट पारे । अन्य व्यवसायीले समेत आफ्ना सेवा सुविधामा भारि छुट प्रदान गर्ने सुवेदीले बताए ।

पोखरा र वरपरका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको, होटल संघ अन्तर्गत मात्र चार सय ४७ होटल रहेको, लेकसाइड र ड्यामसाइड एरियामा सात सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्यांक सुनाए । अहिले पोखराको होटलहरुमा ५० देखि ६० प्रतिशत हाराहारीको अकुपेन्सी रहेको पनि उनले जानकारी दिए ।

होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले संघले पछिल्लो पटक निश्चित चौरमा नभई सडकमा नै महोत्सव आयोजना गर्न थालेपछि सहभागिता जनाउने पर्यटक र आगन्तुकको भीड क्रमशः बढ्दै गएको बताए ।

नेपाली नयाँ बर्षका अवसरमा पोखरा घुम्न आउने पर्यटक संख्या पछिल्ला बर्षहरुमा बढ्दै गएको र अहिले भारतीय पर्यटक संख्या समेत बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

सरकार माओवादी द्वन्द्वको समयमा होटल संघले यो महोत्सवको सुरुवात गरेर नमुना कार्य गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताए । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवलाई प्रवद्र्धन गरेका छन् । गोर्खा व्रुअरी प्रालि महोत्सवको मुख्य प्रायोजक हो । गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद् र होटल संघ नेपालले महोत्सवलाई सघाउने छन् ।

 

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…