14Shares

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

उनका अनुसार घाइते पाँचजनाको मणिपालमा र पाँचजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नंको यात्रुवाहक जीप दिउँसो सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु :

मिति २०८०।१२।१८ गते अं.१५:३० बजेको समयमा जिल्ला कास्की अन्नपर्ण गाउँपालिका वडा नं.४ सल्लाघारी स्थितमा पोखराबाट भदौरेसल्यानतर्फ जादै गरेको ग १ ज ५५४७ नं. को  बोलेरो जिप अचानक सडकबाट अं. २५० मिटर तल खसेको भन्ने सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिई गई निम्न व्यक्तिहरुको उद्दार गरी उपचारको लागी पोखरा तर्फ अस्पताल पठाईएको, अन्य बि.बि. पछि ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचारर्थ:-

1) चालक:- जिल्ला कास्की अन्नपूर्ण गा.पा. ४ बस्ने बर्ष २२ को धनराज सुनार, अवस्था मध्यम
2) जिल्ला कास्की पोखरा २३ बस्ने बर्ष ५८ को लक्ष्मण कामी अवस्था मध्यम
3) ऐ.ऐ. ५ सल्यान बस्ने बर्ष ७ को आरुष बि.क., अवस्था मध्यम ।
4) ऐ.ऐ. ४ बस्ने बर्ष ४१ को राज कुमार बि.क., अवस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचारर्थ:-

1) जिल्ला कास्की अन्नपुर्ण गा.पा. ५ सल्यान बस्ने बर्ष ३५ को प्रकाश सुनार, अवस्था मध्यम ।
2) ऐ.ऐ. बस्ने बर्ष ३५ की सुशिला सुनार, अवस्था मध्यम
3) ऐ.ऐ. बस्ने बर्ष १५ की सोनिशा सुनार, अवस्था मध्यम ।
4) ऐ.ऐ. बस्ने २२ महिनाको बालक सुप्रिम सुनार बाहिरी चोट नभएको, अवस्था सामान्य
5) जिल्ला कास्की पोखरा .न.पा. वडा नं. २३ बस्ने बर्ष ६० को राम प्रसाद सुनार, अवस्था मध्यम ।
6) जिल्ला कास्की अन्नपुर्ण गा.पा. ४ बस्ने बर्ष ५० की देउमाया के.सी., अवस्था मध्यम ।
7) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २३ कार्कीतगरा बस्ने बर्ष ५५ को लक्ष्मण सुनार उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।
8) ऐ.ऐ. २३ ठुलाखेत बस्ने बर्ष अं. ५२ को जयराम सुनार चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको ।
14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected