2Shares

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा निर्मित बिधालय भवन उद्घाटन भएको छ । नेपाल-भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालय एवं छात्रावास भवन निर्माण भएको हो ।

दुईतले विद्यालय र छात्रावास भवनका निम्ति आवश्यक फर्निचरको व्यवस्था पनि भारत सरकारले नै गरेको दूतावासले एक विज्ञप्ति निकालेर जनाएको छ ।  विद्यालय  र छात्रावास भवन निर्माण परियोजना जिल्ला समन्वय समिति खोटाङसँगको समन्वयमा कार्यान्वयन गरिएको हो ।

विहिवार आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले उक्त भवनको उद्घाटन गरेका हुन् ।

सन् १९५२ मा स्थापना भएको शारदा माध्यमिक विद्यालयमा  कक्षा १ देखि ‘प्लस टु’ तहसम्म अध्यापन हुँदैआएको छ । यो विद्यालयमा अध्ययनरत तीन सय ६५ जना विद्यार्थीमध्ये  ५०% छात्रा  छन् ।  सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटाभन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा  चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा हाल कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना सञ्चालन भइहेका छन्  ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected