
पोखरा । लायन्स क्लब अफ पोखरा अभियानको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुक्रवार पोखरा–१८, सराङकोटस्थित नयाँ गाउँ रिसोर्टमा सम्पन्न सभाले क्लबका प्रथम उपाध्यक्ष दिनेश भण्डारीलाई आगामी बर्षकालागि अध्यक्षमा सर्वसम्मत चुनेको छ ।
त्यस्तै, प्रथम, द्वितीय र तृतीया उपाध्यक्षमा क्रमशः विनोद राज आचार्य, कृष्ण नेपाली र नवराज शर्मा पौडेल, सचिवमा बलबहादुर केसी साथै कोषाध्यक्षमा बुद्व कार्की निर्वाचित भएको निर्वाचन समितिका संयोजक डिलाराम लामिछानेले जानकारी दिए ।
यसैगरी, क्लब एड़मिनिट्रेटरमा सुशील दाहाल, सह–सचिवमा दिनेश डि.सी,, सह–कोषाध्यक्षमा खेमबहादुर थापा, चिफ पिआरओमा भक्त बहादुर बानियाँ, क्लब पिआरओमा विनोद के.सी., प्रमुख निर्देशकमा अनन्त नागिला, मेम्बरशिप चेयरपर्सनमा डा. राजेन्द्र मानन्धर, एलसिआईएफ को–अर्डिनेटरमा लक्ष्मण थापा, ट्रेनिङ चेयरपर्सनमा मणि अधिकारी, क्लब सर्भिस चेयरपर्सनमा देवराज सुनार, क्लब मार्केटिङ एण्ड कम्यूनिकेशन चेयरपर्सनमा महेन्द्र खनाल, टेमरमा मनबहादुर परियार र टेल ट्विईस्टरमा सुमन के.सी. निर्वाचित भएको निर्वाचन समितिका सदस्य प्रेमप्रसाद दाहालले जानकारी दिए ।
क्लबका अध्यक्ष मात्रिका प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५आई नेपालका लायन बर्ष २०२४/२५ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर इलेक्ट विनोद ढुंगाना सहित डिष्ट्रिक्ट चिफ पिआरओ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–अर्डिनेटर लगाएतको उपस्थिति रहेको थियो ।
सभामा बोल्दै क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट गभर्नर इलेक्ट ढुंगाना, डिष्ट्रिक्ट चिफ पिआरओ शैलेन्द्र मोहन भट्टराईले नव निर्वाचित अध्यक्ष लगाएत टिमलाई बधाई सहित शुभकामना दिदैं डिष्ट्रिक्टमा रहेका १८० क्लबको ध्यान यसबर्ष पोखरा अभियानमा केन्द्रित रहने बताउँदै सोही अनुरूपको कार्य गर्न क्लबलाई निर्देशन दिएका थिए ।
नव निर्वाचित अध्यक्ष दिनेश भण्डारीले क्लबका संस्थापक अध्यक्ष ढुंगाना डिष्ट्रिक्ट गभर्नर हुदै गर्दा क्लबको नेतृत्व लिन पाउँदा ठुलो उपलब्धि प्राप्त गरेको अनुभूति भएको बताए । उनले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रम र क्लबका सिग्नेचर कार्यक्रमलाई सतप्रतिशत कार्यान्वयनमा ल्याउने प्रतिबद्वता व्यक्त गरेका थिए ।यसका अलवा समाजमा देख़िने र सुनिने खालका नयाँ कार्यक्रम जस्तै: लोप हुदै र माँसिदै गएका पाटी, पौवा, चौतारा, कुवा संरक्षण तर्फ केन्द्रित रहने योजना सुनाएका थिए ।
सो अवसरमा क्लबका अध्यक्ष पोखरेलले क्लबका संस्थापक अध्यक्ष ढुंगाना डिष्ट्रिक्ट गभर्नर भएकोका बधाई सहित शुभकामना दिदै दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।











