
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिभिकको लायन वर्ष २०२४/२५ को अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा मित्रबन्धु बराल, द्वितीय उपाध्यक्षमा गणेश पराजुली, तृतीय उपाध्यक्षमा यज्ञप्रसाद तिवारी, सचिवमा हरिप्रसाद अधिकारी, क्लब प्रशासकमा विनोद बराल, कोषाध्यक्षमा राजु कुँवर, सहसचिवमा मनमोहन अधिकारी, सह-कोषाध्यक्षमा रामचन्द्र अधिकारी चयन भए । त्यस्तै, क्लब मेम्बरशिप चियरपर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्र बहादुर आले निर्वाचित भएको निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष विनोद भुजेलले बताए ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्वीराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी लगाएतले क्लबले डिष्ट्रिक्टले अवलम्ब गरेका कार्यक्रमहरुलाई प्राथमिकता दिनुका साथै आफ्नो क्लबले नियमित रुपमा गरेका कार्यहरुलाई पनि निरन्तरता दिनुपर्ने बताउदै नवनिर्वाचित अध्यक्षलगाएत सम्पूर्णलाई बधाई सहित शुभकामना दिएका थिए ।
क्लबका अध्यक्ष रेशम खड़काको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष हरिप्रसाद अधिकारीले र स्वागत प्रथम उपाध्यक्ष विकास कँडेलले र संचालन सचिव यज्ञप्रसाद तिवारीले गरेका थिए ।







सम्बन्धित खवर















