
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन १३ को चौथो जोन मिटिंग सम्पन्न भएको छ । शनिवार पोखरा पाटी प्यालेस, नयाँबजार पोखरामा जोन १३ का जोन चेयरपर्सन ज्ञानबहादुर रानाले चौथो जोन मिटिंग साथसाथै फेलोशिप र अवार्ड सेरोमनी सम्पन्न गरेका हुन् ।
कार्यक्रममा जोन चेयरपर्सन रानाले जोन १३ अन्तर्गतका लायन्स क्लब अफ पोखरा पाराडाईज, पोखरा पेन्गुइन, पोखरा स्टार ग्लोरी र पोखरा महालक्ष्मीका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरूलाई विभिन्न बिधामा सम्मान गरेका थिए । रानाले बिशेष सहयोग गर्ने डिष्ट्रिक्ट को–अर्डिनेटरहरू अमृत शोभा खत्री, ऋषि गिरी, शान्ता देवी थापा भण्डारी, एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटर बिष्णुप्रसाद ढुंगानालगाएतलाई पनि सम्मान गरेका थिए ।

जोन चेयरपर्सन ज्ञान बहादुर रानाको अध्यक्षता एवं लायन्स डिष्ट्रिक्ट ३२५आई नेपालका लायन बर्ष २०२४/२५का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर इलेक्ट विनोद ढुंगानाको प्रमुख आतिथ्यता सहित डिष्ट्रिक्ट चिफ पिआरओ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–अर्डिनेटर, एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटर, रिजन चेयरपर्सन, जोन चेयरपर्सन, क्लबका पूर्व अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।
स्टार ग्लोरीका कोषाध्यक्ष विध्या खनालको संचालनमा रहेको कार्यक्रममा पिस पाराडाईजका अध्यक्ष सुरेश न्यौपानेको स्वागत, पेन्गुईनका अध्यक्ष डण्डीराज त्रिपाठी धन्यवाद मन्तव्य रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि ढुंगानाले जोन चेयरपर्सनले बर्ष भरी सँगै रहेर लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट र क्लबले तय गरेका कार्य सम्पादनको मूल्याङकन गरी क्लब पदाधिकारीलाई सम्मान गरेको प्रति प्रशंसा गरेका थिए । त्यस्तै चिफ पिआरओ भट्टराई र रिजन चेयरपर्सन रेश्मा शेरचन अधिकारीले जोन चेयरपर्सनले समय मै चौथो जोन मिटिंग सहित फेलोशिप र अवार्ड सेरोमनी गरी उत्कृष्ट कार्य गरेकोमा बधाई मन्तव्य राखेका थिए ।











