व्यवसायीलाई नीतिगत रुपमा अप्ठ्यारो परेको भए सहजीकरणका लागि सदैव तयार- कानुन मन्त्री गिरी
- April 8, 2024
- 4788

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले व्यवसायीलाई नीतिगत रुपमा कुनै अप्ठ्यारो परेको भए सहजीकरण गर्नको लागि सदैव तयार नै रहने बताएका छन् । नेपाल वितरक महासंघको शनिबार काठमांडौमा सम्पन्न १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री गिरीले उक्त कुरा बताएका हुन् ।
देशभरका वितरक संघबाट प्रतिनिधित्व गर्दै उपस्थित भएका करिब २ सय बढी व्यक्तिहरुको उपस्थिति रहेको साधारण सभामा प्रमुख अतिथि समेत रहेका मन्त्री गिरीले वितरक व्यवसायीहरुले राष्ट्रमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै व्यवसायलाई व्यवस्थित बनाउँदै लैजानु पर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले वितरक व्यवसायीहरुले वाणिज्य ऐन, यातायात व्यवस्था ऐन लगायतका केही अमिल्दा ऐन नियमहरुमा सुधार तथा संशोधनको आवश्यकता रहेको बताएका थिए ।

सो अवसरमा संस्थाको उन्नती र प्रगतीकोलागी अनवरत लागि रहेका नेपाल बितरक महासङका सचिब कृष्णराज श्रेष्ठलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा वितरक व्यवसायीहरुको अलावा अतिथिको रुपमा अन्य विभिन्न क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो ।
नेपाल वितरक महासंघ नेपालमा उत्पादित एवं आयातित वस्तुहरु सहज रुपमा उपलब्ध गराउने काममा संलग्न रहँदै आएका व्यवसायीहरु समेटिएको संस्था हो । हाल यस संस्थाका सदस्यहरुमा मूलतः चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न, कस्मेटिक, चिया, साबुन, धूप, मदिरा लगायतका वस्तुहरु बजारीकरण तथा वितरण कार्यमा संलग्न रहँदै आएका व्यवसायीहरुको संलग्नता रहेको छ ।

देशभर रहेका स्थानीय वितरक संघहरुको समेत अभिभावकीय संस्थाको रुपमा रहेको नेपाल वितरक महासंघले व्यावसायिक सचेतना अभिवृद्धि, विभिन्न समस्या सृजना हुँदा सहजीकरण गर्ने र बजारमा देखिँदै आएकोअस्वस्थ प्रतिष्पर्धा न्यूनीकरणको लागि संस्थागत पहल गर्नुको अलावा नीतिगत सुधारको लागि राज्य पक्षलाई घच्घच्याउने लगायतका काममा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।







सम्बन्धित खवर















