25Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याविनेट मिटिङ गोरखाको बारपाकमा हुने भएको छ । 

विश्वमा रहेका  सय ५३ डिष्ट्रिक्ट मध्ये निकै नै चलायमान प्रभावशाली मानिएको यस डिष्ट्रिक्टको चौंथो क्याविनेट मिटिङ आगामी वैशाख २२ गते गोरखाको बारपाकमा हुन गईरहेको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले बताए

चौथो क्याविनेट बैंठकमा लायन्सले आफ्नो एक बर्षिय कार्यकालमा गरिएका कार्यको कार्यसम्पादनको मुल्याङ्कनलाई दृष्टिगत गरी छलफल गरिने गभर्नर केसीले बताए । प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चारवटा क्याविनेट बैंठक मध्ये गोरखामा आयोजना हुने यो बैठक बर्षको कार्यकालको अन्तिम बैठकको हो 

चौथो क्याविनेट मिटिङ एवम् फेलोसिप एक दिन मात्र सञ्चालन हुनेछ, क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर लिडर, डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका १८० क्लवका अध्यक्ष पदाधिकारी एवं सदस्य गरी हजार बढी लायन्स प्रतिनिधीहरुको सहभागीता रहने क्याविनेट सेक्रेटरी महेश पाण्डेले जानकारी गराए

क्याविनेट बैठकलाई भब्य रुपमा सम्पन्न गर्न गोरखास्थित लायन्स क्लबहरू लायन्स क्लब अफ गोरखा दरौंदी र गोरखा दरवारले स्थानीय व्यस्थापन गरेका छन् भने एडिशनल डिष्ट्रिक्ट कोअर्डिनेटर बिकास थापाले संयोजन गरेका छन् ।

डिष्ट्रिक्टले जुलाई देखि सुरू हुने आगामी बर्षको कार्यकालको लागी हालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानालाई डिष्ट्रिक्ट गभर्नर, हालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती पाण्डे खरेल प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पदमा र डिष्ट्रिक्ट चिफ एडभाईजर सूर्यकुमार केसीलाई द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पदमा निर्वाचित गरिसकेको

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected