6Shares

पोखरा  पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई  अभिमुखिकरण गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा परिषदको आयोजनामा सोमवार गण्डकी प्रदेशमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक एवं व्यवसायीलाई परिषदको ऐन नियम र अचार संहिता सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

पशुपंछी तथा मत्स्य बिकास निर्देशनालयको सभाहलमा सोमवार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका दर्ता हुन योग्य प्रतिनिधि मूलक रूपमा  सय ७५ जना दक्ष जनशक्तिको सहभागिता रहेको परिषदका केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक सुरेश श्रेष्ठले बताए

नेपाल पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद ऐन, २०७९ संसदबाट पारित भएपछि पशुपन्छी क्षेत्रका प्राविधिकको नियामक निकाय गठनको बाटो खुलेको थियो त्यसको एक वर्षपछि परिषदले रजिष्ट्रार पाएको थियो 

सातै प्रदेशमा आयोजना गरिने अभिमुख़िकरण कार्यक्रम गण्डकी प्रदेशबाट सुरूवात गरिएको लुम्बिनी प्रदेशमा वैशाख १२ गते कोशीमा १४ गते सोही प्रकारको अभिमुखिकरण कार्यक्रम हुने पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक समेत रहेका श्रेष्ठले बताए

देश भरमा एक लाख बढ़ी दर्ता हुन योग्य पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी रहेका छन् भने गण्डकीमा मात्र १५ हजार रहेको नियमावली बन्दै गरेको नियमावली आएपछि सदस्य दर्ता प्रक्रिया अगाडी बढ़ाईने श्रेष्ठले बताए

परिषदका केन्द्रीय अध्यक्ष देवेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा परिषदका रजिस्ट्रार पूर्णबहादुर बुढ़ाले परिषदको ऐन सम्बन्धि, उपाध्यक्ष जनकबहादुर रावलले परिषदको आचार संहिता केन्द्रीय सदस्य सुरेश श्रेष्ठले परिषदको सँगठन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए

अभिमुखिकरण कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष यादवले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवा र व्यवसायलाई व्यवस्थित, गुणस्तरिय एवं मर्यादित ढंगले परिचालन गरि प्रभावकारी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायको विकास गर्न ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको दर्ता र नियमन गर्ने मुल उद्देश्यका साथ परिषद्‌को स्थापना भएको बताए

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected