10Shares

पोखरा  पोखरामा “दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला२०८१”  सुरु भएको । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा सोमवारदेख़ि मेला सुरू भएको हो  

मेलाको उद्घाटन गर्दै  गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले कक्षा १२ उत्तीर्ण भएपछि नेपालमा भविष्य छैन भन्दै विदेश जाने परम्परालाई रोक्नुपर्ने बताउँदै बढ्दो युवा जनशक्ती पलायनलाई रोक्न पनि यस्ता रोजगार मेलाहरुको भुमिका महत्वपुर्ण हुने बताईन् मेलाले सीप भएर पनि बेरोजगार भएका युवा दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच समन्वय गर्ने थापाले बताईन्

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दोस्रो वृत्ति परामर्श मेलाले १२ सय बढिलाई उद्यशीलता तथा रोजगारमा सहभागी गराउने दावी गरे महानगरको व्यवसाय प्रवर्दन केन्द्रले मेलाबाहेक पनि स्टार्टअप व्यवसायका लागि सुलभ ऋण तथा विजनेस आईडिया आदान प्रदान गर्दै आएको बताए 

रोजगार मेलामा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले निजि क्षेत्रसँग सरकारले अनुकुल ढंगले सहकार्य गर्ने हो भने कोही पनि बेरोजगार बन्नुनपर्ने बताए  उनले सरकारलाई सबै भन्दा धेरै कर निजि क्षेत्रले तिर्ने भएपनि व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आउँदासमेत सरकारले व्यवसायीको हितका लागि काम गर्न नसकेको बताए

पोखरा सभागृहमा १२ गतेसम्म संचालन हुने मेलामा निःशुल्क प्राविधिक शिक्षा समेत प्रदान गरिने मेला प्रचार प्रसार समितिका संयोजक एवं शिक्षा बिकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले बताए बेरोजगारलाई रोजगारसँग जोड्ने कामदारको उपलब्धताका लागि साझा थलोको रुपमा विकास गरी रोजगार विनिमय प्रणाली विकास गर्न सहयोग पुराउने उद्देश्यका साथ रोजगार मेला आयोजना गरिएको निर्देशक आचार्यको भनाई छ । मेलामा विद्यालय तहको अध्ययन पश्चात के पढ्ने के सिक्ने भनेर अल्मलिएकाहरुलाई पनि मार्ग प्रदान गर्नेसहित रोजगार उद्यमशीलतासँग सम्बन्धित विविध ४२ प्रकृतिका स्टलहरु रहेको आचार्यले बताए

मेलामा प्राविधिक शिक्षा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीकाअवसरहरुको बारेमा जानकारी साथै सहजीकरण, सफल उधमीका कथा मार्फत उद्यमशीलतका लागिअभिप्रेरणा, शैक्षिक पर्दशनी हुने आचार्यले सुनाए

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected