60Shares

पोखरा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको वैशाख २२ गते गोरखाको बारपाकमा हुने चौथो क्याविनेट मिटिङको तयारी तिब्र पारिएको मंगलवार पोखरास्थित लायन्स सचिवालयमा उपलब्ध लायन्स लिडरहरूसँगको भेटमा क्याबिनेट मिटिङको तयारीलाई तिब्र बनाइएको मिटिंग तयारी समितिका संयोजक लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका एडिशनल डिष्ट्रिक्ट कोअर्डिनेटर बिकास थापाले जानकारी दिए बारपाकमा राम्रो व्यवस्थापनसहित क्याबिनेट मिटिङ सञ्चालन गर्दैछौं,’ उनले भने, ‘करिब पाँच सय भन्दा बढी लायन्स सदस्यलाई स्वागत गर्ने गरी तयारीमा होमिएका छौं २०७२ सालको महाभूकम्पपछि पुनर्निर्माण भएको गोरखा जिल्लाको सुन्दर गाउँ बारपाकमा हुने यस मिटिङ गोरखाका लागि गौरवको कुरा हो,’ उनले भने सुन्दर पर्यटकीय गाउँ बारपाकमा क्याबिनेट मिटिङ आयोजना भएकाले उल्लेख्य संख्यामा लायन सदस्यहरुको उपस्थिति रहने विश्वास गरिएको संयोजक थापाको दावी

क्याविनेट बैठकलाई भब्य रुपमा सम्पन्न गर्न गोरखास्थित लायन्स क्लबहरू लायन्स क्लब अफ गोरखा दरौंदी र गोरखा दरवारले स्थानीय व्यस्थापन गर्दैछन् 

बारपाकमा आयोजना हुने क्याबिनेट मिटिङले गोरखाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने लायन्स क्लब अफ गोरखा दरौंदीका पूर्व अध्यक्ष एवं जोन चेयरपर्सन साजन श्रेष्ठले बताए

रजिस्टेसनको सहजताका लागि सचिवालय स्थापना गरिएको संयोजक थापाले जानकारी दिए बैशाख १८ गतेसम्मका लागि अग्रिम रजिस्टेसन खुल्ला गरिएको छ ।रजिस्टेसनको आधारमा विभिन्न उपहारको व्यवस्था गरिएको ,’ उनले भने । रजिष्ट्रेशन सहजताका लागि सन्दिप श्रेष्ठ गोरखा, बागमती एरियाका लागि बिना थापा नारायण रेग्मी साथै गण्डकी एरियाका लागि ऋषी गिरी विष्णु श्रेष्ठलाई जिम्मेवारी दिईएको थापाले बताए

चौथो क्याविनेट बैंठकमा लायन्सले आफ्नो एक बर्षिय कार्यकालमा गरिएका कार्यको कार्यसम्पादन मुल्याङ्कनलाई दृष्टिगत गरी छलफल गरिने डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले बताए  प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चारवटा क्याविनेट बैंठक मध्ये गोरखामा आयोजना हुने यो बैठक बर्षको कार्यकालको अन्तिम बैठकको हो  चौथो क्याविनेट मिटिङ एवम् फेलोसिप एक दिन मात्र सञ्चालन हुनेछ, क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर लिडर, डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका १८० क्लवका अध्यक्ष पदाधिकारी एवं सदस्य गरी सय बढी लायन्स प्रतिनिधीहरुको सहभागीता रहने क्याविनेट सेक्रेटरी महेश पाण्डेले जानकारी गराए

डिष्ट्रिक्टले जुलाई देखि सुरू हुने आगामी बर्षको कार्यकालको लागी हालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानालाई डिष्ट्रिक्ट गभर्नरहालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती पाण्डे खरेल प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पदमा  डिष्ट्रिक्ट चिफ एडभाईजर सूर्यकुमार केसीलाई द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पदमा निर्वाचित गरिसकेको

60Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected