48Shares
पोखरा । लायन्स क्लब अफ पोखरा अमर बुद्वले तावा मन्दिरको लागि ७० कार्टून पानी उपलब्ध गराएको छ । क्लबका अध्यक्ष डा. दुर्गा काफ्लेले मन्दिरका गुरू आनन्द दाहाललाई उक्त पानी हस्तान्तरण गरेकी थिईन् ।
वैशाख १२ गते बुधवार पोखरा–१, नयाँगल्लीस्थित मानसड़कमा तावा एशोसियसन अफ नेपाल पोखराद्वारा नव–निर्मित तावा मन्दिर भवनको उद्घाटन हुदैछ । उक्त मन्दिर भव्य समारोहका बिच थाईल्याण्डबाट आएका तावा गुरू छिनरेनले उद्घाटन गर्ने कार्यक्रम रहेको मन्दिरका गुरू आनन्द दाहालले बताए ।

मन्दिर उद्घाटनको पूर्व सन्ध्यामा क्लबले मन्दिर उद्घाटन समारोहमा उपस्थित हुने भक्तजनका लागि पानी उपलब्ध गराएको क्लबका पूर्व अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर शान्ता देवी थापा भण्डारीले बताईन् ।



48Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।