0Shares

पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो २९ गते पाँच किलो मिटर छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गत २० मंसिरमा ७५ वर्षमा पदार्पण गरेको विद्यालयले आउदो २० मंसिर ०८१ सम्मको एक वर्षमा विविध कार्यक्रम गरि हीरक महोत्सव मनाउने घोषणा गरे अनुसार ‘राष्ट्रिय मावि हीरक महोत्सव पाँच किलो मिटर छात्र/छात्रा सडक दौड’ नाम दिएर प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले मात्र भाग लिन पाउने विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद सापकोटाले जानकारी दिए । सहभागिताका लागि विद्यालयको सिफारिस पत्र वा विद्यार्थी परिचय पत्र अनिवार्य रहने छ । दर्ता निशुल्क रहेको प्रतियोगितामा सहभागिताका लागि बैशाख २७ गते ५ बजेसम्म नाम दत्र्ता गर्न सकिने छ । सहभागिहरुले इमेल मार्फत समेत आफनो नाम दर्ता गर्न सक्ने र यस्का लागि इमेल आइडि उयगमभमिष्उद्दण्२नmबष्।िअयm रहेको प्रअ सापकोटाले जानकारी दिए ।
विद्यालयको खेलमैदान पोखरा १ पुरानो टँुडिखेलबाट सुरु हुने दौड हरिचोक – विन्ध्यवासिनी मन्दिर – बागलुङ बसपार्क – भिमसेन मन्दिर चोक – कोपिलढुङ्गा चोक – ज्ञानभूमि स्कूल चोक – बाल मन्दिर स्कुल चोक – पि.एन. क्याम्पस चोक – भीमकालीपाटन चोक – वडा कार्यालय पोखरा १ – लामपाटन मार्ग – सिम्पानी चोक – हरिचोक हुदै टँुडिखेलमा आएर सम्पन्न हुने प्रचार प्रसार संयोजक नारायण प्रसाद चापागाईले जानकारी दिए । चापागाईका अनुसार छात्र/छात्रा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश सात, पाँच र तीन हजार नगद सगै पदक र प्रमाण पत्र पुरस्कार पाउने छन् ।

खेलकुद अन्र्तगत दौड पछि विद्यालयले परम्परागत छेलो (ठेलो) प्रतियोगिता (छात्र/छात्रा) सगै जिल्ला स्तरीय भलिबल प्रतियोगिता (छात्र/छात्रा) समेत आयोजना गर्ने तयारि गरेको चापागाईले जानकारी दिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected