120Shares

पोखरा  विगत १० वर्षदेखि उत्तर पुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै माध्यमिक शिक्षाएसईईका उत्तर पुस्तिका परीक्षण बुधबारदेखि कास्कीमा स्थगित भएको कास्कीमा उत्तरपुस्तिका परीक्षणगर्दै आएका शिक्षकहरुले कापी परीक्षणको पारिश्रमिक समयानुकूल वृद्धि गर्नुपर्ने मागसहितको ध्यानाकर्षणपत्र पेस गरेर  कापी परीक्षण स्थगित गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिए

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिका आचार्य शिक्षा विकास तथा समन्वय एकाइकास्की प्रमुख लोकनाथ आचार्यलाई उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण आम कस्केली शिक्षक समूहकासंयोजक छविराज पौडेलले  शिक्षकका मागसहितको ज्ञापनपत्र हस्तान्तरण गरे

ज्ञापनपत्र बुझ्र्दै निर्देशनालय प्रमुख अम्बिका आचार्यले शिक्षकहरुका माग जायज भएकाले केन्द्रसँग समन्वयगर्ने आश्वासन दिए उनले परीक्षण नरोकिदिन आग्रह गर्दै आन्दोलनका कार्यक्रमलाई पनि सँगसँगै बढाएरसमयमै कापी परीक्षणलाई पनि जारी राखिदिन अनुरोध गरेका थिए

समन्वय एकाइ प्रमुख लोकनाथ आचार्यले पनि ज्ञापनपत्र बुझ्दै माग सम्बोधन गर्न केन्द्रलाई अनुरोध गर्नेमा जोडदिए उनले कापी परीक्षणलाई निरन्तरता दिएर मागहरुलाई  पनि उठाइरहनुपर्ने धारणा राखे शिक्षकहरुलेभने १० वर्षदेखि एउटै पारिश्रमिक दरमा कापी परीक्षण गराउनु आफूहरुका लागि अन्यायपूर्ण भएको भन्दै मागसम्बोधन नहुँदासम्म कापी परीक्षण सम्परीक्षण स्थगित गर्नु परेको संधर्षरत शिक्षक समूहका सूचना तथासञ्चार संयोजक समेत रहेका अमृत घिमिरेले जानकारी दिए

शिक्षकहरुले उत्तरपुस्तिका परीक्षण हलमा सूचना जारी गर्दै उत्तर पुस्तिका परीक्षण पुरानै पारिश्रमिक शुल्कमानगर्नु हुन आग्रहसमेत गरेका छन् मागको तत्काल सम्बोधन गर्न शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश शिक्षा विकास तथा समन्वय  एकाइ कास्कीमार्फत् नेपाल सरकार शिक्षा मन्त्रालयसमक्ष ध्यानाकर्षण गराउनशिक्षकहरुले माग गरेका छन् ज्ञापनपत्रमा उत्तर पुस्तिका परीक्षण स्थगनले समयमै नतिजा प्रकाशनमापर्नसक्ने असरप्रति आफूहरु गम्भीर रहेकालले सम्बन्धित निकाय नेपाल सरकार नै जिम्मेबार हुने सामुहिकठहर शिक्षकहरुले गरेका छन् ज्ञापनपत्रमा परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, निरीक्षक उत्तरपुस्तिका परीक्षणशुल्क समयानुकूल पुनरावलोकन गर्नुपर्ने माग गरिएको पारिश्रमिक वृद्धि नहुँदासम्म शिक्षकशिक्षिका कापीपरीक्षण सम्परीक्षणमा कुनै हालतमा नफर्कने शिक्षक भोजराज तिवारीले जानकारी दिए

120Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected