२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

वी.पी.स्मृति भवन निर्माण समितिको पहिलो बैठक सम्पन्न, असोज महिनाभित्र भवन निर्माण सम्पन्न गरिने

पोखरा । नेपाली कांग्रेस प्रदेश समिति गण्डकीले निर्माण गर्ने वीपी स्मृति भवन निर्माण समितिको पहिलो वैठक मंगलवार सम्पन्न भएको छ ।
पोखरा-१९, लामाचौरमा सम्पन्न वैठकमा निर्माण समिति, सल्लाहकार समिति, प्राविधिक समिति र नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारी लगायत उपस्थिति रहेको थियो । उक्त वैठकले यही असोज महिना अगाडी नै काम सम्पन्न गरी प्रदेश कार्यालय सार्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले वी.पी.को तस्विरमा फुल र माला लगाएर वैठकको शुभारम्भ गरेका थिए । करिब ३ रोपनी भन्दा बढी रहेको जमिनमा व्यवस्थित वी.पी.स्मृति भवन निर्माण गर्नको लागि सबैको सहयोगको आवश्यकता रहेको सभापति शर्माले बताए । उनले डिपिआर तयार गरी निर्माण कार्य सुरुवात गर्न प्राविधिक समितिलाई जिम्मा दिएको जानकारी गराउँदै भवन निर्माणको लागि प्राविधिक स्टीमेटअनुसार करिब ५ करोड लाग्ने अनुमान गरिएको छ, भने ।
सभापति शर्माले उक्त वैठकमा एतिहासिक काम नेपाली कांग्रेस गण्डकी प्रदेशले गर्न लागेको बताउँदै नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण व्यक्तिहरु एकवद्दता भई हातेमालो गर्न आग्रह गरेका थिए । “हामीमाझ अहिले रहेको २ तला बनिसकेको भएपनि अझ थप २ तला थप्नुपर्ने भएको र बाँकी काम असोज अगावै सम्पन्न गरेर दशै भित्रमा प्रदेश कार्यालयको अफिसियल काम सुरु हुनेछ । उक्त काम गर्नको लागि पहिलो चरणमा करिब १ करोड लागत लाग्न सक्ने प्राविधिक अनुमान गरिएको जानकारी प्राप्त भएको छ,” उनले भने ।
त्यसैगरी निर्माण समितिका संयोजक माधव प्रसाद बास्तोला (मधु)ले वैठकको स्वागत मन्तव्य व्यक्त गर्नुका साथै वैठकको वारेमा प्रकाश पारेका थिए । उनले भवन निर्माणको लागि सबैले हातेमालो गरेमा निर्धारित समयमा नै भवनलाई सम्पन्न गर्ने बताउँदै भवनको डाफ्ट नक्सा तयार भइसकेको जानकारी गराए । उत्साहपूर्वक सहभागी भएका दाताहरुले भवन निर्माणको लागि वैठकमा करिब ५ लाख सहयोग गरेको संयोजक बास्तोलाले बताए ।
प्राविधिक समितिका संयोजक ई.सुरेन्द्र पाण्डेले भवनको ग्राउण्डमा कार्यक्रम सभाहल, दोस्रोमा प्रदेश सभापति र कार्यसमिति सदस्यको कोठा र वैठक कोठा रहने र तेस्रोमा प्रदेश पदाधिकारीको कोठा रहने गरी नक्सा तयार गरिएको जानकारी गराएका थिए ।
वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति एव्म गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, प्रदेश सभा सदस्य एवम् भवन निर्माण समिति सदस्य सरस्वती गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, सहमहामन्त्रीहरु कोपिला रानाभाट र रामचन्द्र जोशी, सदस्य सीता काफ्ले लामिछाने, भवन निर्माण उपसंयोजक यामबहादुर मल्ल (रामकृष्ण), सदस्यहरु ई.सुरेन्द्र पौडेल, ई. हरिदत्त पौडेल, सल्लाहकार मदन बहादुर के.सी., पोखरा १९ का वडा अध्यक्ष एवम् भवन निर्माण समितिका सदस्य पुष्पेन्द्र पाण्डे, पोखरा १९ का सभापति एवम् भवन निर्माण समितिका सदस्य विष्णु बास्तोला (प्रकाश) लगायतले आफ्नो भनाइ राखेका थिए ।
उनिहरुले भवन निर्माणको महत्वपूर्ण पक्ष आर्थिक रहेको बताउँदै जससक्दो चाडो आवश्यक सहयोग संकलन गर्ने प्रविद्धता व्यक्त गरेका थिए।
वैठकले निर्माण समितिका कोषाध्यक्ष देवकुमार श्रेष्ठको संयोजकमा ११ सदस्यीय अर्थ संकलन समिति गठन गरिएको छ । सदस्यहरुमा हरिमान श्रेष्ठ (म्याग्दी), रामकृष्ण मल्ल (पर्वत), प्रकाश तिवारी (स्याङ्जा), भेषबहादुर पौडेल (लमजुङ), राम जोशी (गोरखा), अमृत भट्टचन (नवलपुर), शंकर ढुंगाना (कास्की), अर्जुन शेरचन (बागलुङ), पवन तुलाचन (मुस्ताङ), बामे गुरुङ (मनाङ) रहेका छन् ।
पोखरा महानगरपालिका वडा नं. १९ की स्व. भगवती रावतले दान गरेको उक्त जमिनमा वीपी स्मृति भवन, गण्डकी प्रदेश बन्न लागेको हो । स्व.रावत नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य एवम् भवन निर्माण समितिका सल्लाहकार मदन बहादुर केसीकी फुपु हुन् ।
जग्गा प्राप्तीका लागि मदन बहादुर केसी र प्रदेश सभापति शुक्रराज शर्माको विशेष पहल रहेको थियो ।
सल्लाहकार के.सी.ले सभापति शुक्रराज शर्मालाई भवन निर्माण संरक्षकको प्रस्ताव वैठकबाट सर्वसम्मत पारित गरिएको छ ।
भवन निर्माण समितिका सचिव सुरेन्दमान विजुक्छेले सञ्चालन गरेको वैठक संयोजक माधवप्रसाद बास्तोला (मधु)को सभापतित्वमा समापन भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…