
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२४÷२५का लागि मनोनित डिष्ट्रिक्ट पदाधिकारीको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शुक्रवार र शनिवार पोखरा होटल ग्राण्डमा दुई दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा लायन बर्ष २०२४÷२५ का लागि डिष्ट्रिक्ट गभर्नर बिनोद ढंगानाद्धारा डिष्ट्रिक्टका उच्चतम पदमा मनोनित डिष्ट्रिक्ट पदाधिकारीको सहभागिता रहेको छ ।
प्रशिक्षण कार्यक्रममा डिष्ट्रिक्ट गभर्नरबाट मनोनित भएका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी, ट्रेजरर, चिफ एडभाईजर, पिआरओ इन चिफ सहित डिष्ट्रिक्टका महत्वपूर्ण पदहरू को–चिफ एडभाईजर, डिष्ट्रिक्ट एक्जुकेटिभ, डिष्ट्रिक्ट को–अर्डिनेटर, क्लस्टर चिफ÷को चिफ, एम्बासडर, ग्लोबल कजेज चेयरपर्सन, डिजी प्रोग्राम चेयरपर्सन, रिजन÷जोन चेयरपर्सन गरी करिब दुई सय जनालाई प्रशिक्षित गर्ने अभिप्रायले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको २०२४÷२५ का लागि डिष्ट्रिक्ट गभर्नर बिनोद ढंगानाले बताए ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षता लायन्स अन्तर्राष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय डाईरेक्टर ई.संजय खेतानको प्रमुख आतिथ्यतामा सुरु भएको प्रशिक्षण कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पिएमसिसी मन बहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, प्रथम र द्वितीय भाईस गभर्नरद्वय पार्वती खरेल पाण्डे र सूर्यकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साललगाएतले प्रशिक्षण दिनेछन् ।







सम्बन्धित खवर















