1Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालका लायन बर्ष २०२४/२५ का लागि डिष्ट्रिक्ट गभर्नर मिलन थापाद्वारा मनोनित क्याविनेट अफिसरको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।

जेठ ४ देखि ६ गतेसम्म पोखरामा सम्पन्न स्कुलिङ कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर थापाद्वारा विभिन्न पदमा मनोनित लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको थियो । तालिममा पदीय जिम्मेवारी, भूमिका र त्यसलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा रानामगरको प्रमुख आतितथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख बक्ताको रूपमा पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतान, हालका अन्तर्राष्ट्रिय डाइरेक्टर बाल कृष्ण बुर्लाकोटीलगाएत पूर्व डिष्ट्रिक्ट गभर्नरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रमुख अतिथि उप-सभामुख रानामगरले लायन्स क्लबले नेपालमा समूहगत रुपमा निकै राम्रो काम गरेको बताईन् । समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी सन् २०१७ मा बीबीसीको १०० प्रेरणादायी महिला सूचिमा छानिएकी  राना मगरले आफ्नो जीवन कहानी सबैलाई सुनाउँदै व्यवहारिक जीवनमा कस्ता उद्देश्यहरु लिनुपर्ने भन्ने बारेमा आफ्ना अनुभव साटेकी थिईन् । उनले डिष्ट्रिक्ट ३२५ जे नेपालले महिला गभर्नर पाएकोमा खुशी व्यक्त गर्दै विश्वभरमा नम्बर एक भएर देखाउन इलेक्ट डिष्ट्रिक्ट गभर्नर मिलन थापालाई शुभकामना समेत दिएकी थिईन् ।

प्रशिक्षण कार्यक्रममा प्रमुख बक्ताका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानले गभर्नरको कार्यक्रम सफल बनाउन मेम्बरसीप बृद्धि, नयाँ क्लब खोल्न तथा लायन्स अन्तर्राष्ट्रिय कोषवृद्धि गर्न उपस्थितलाई उत्प्रेरणा प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक्ट बाईफर्गेशन पछि नेपालमा अन्तराष्ट्रिय सहयोगमा बृद्वी भएको बताए  ।एलसीआईएफका एरिया लिडर राजन लम्सालले लायन्स अन्तर्राष्ट्रियबाट कुन कुन शिर्षकमा कसरी प्रोजेक्ट ल्याउन सकिन्छ भन्ने बारेमा जानकारी दिएका थिए । जिएटी एरिया लिडर खगेन्द्र सिटौलाले लक्ष्य प्राप्तीका लागि ग्लोबल एक्स टिमले गर्ने कार्यको बारेमा जानकारी गराएका थिए ।

लायन वर्ष २०२४/२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर मिलन थापा र पूर्व डिष्ट्रिक्ट गभर्नर तथा जिईटी मल्टिपल कोअर्डिनेटर ध्रुब थापाले आगामी वर्षका लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेस सार्वजनिक गर्दै गभर्नरले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिए ।

इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी लायन वर्षका लागि लायन विथ लोकल वुमेन, माई क्लब पर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सन तथा मेम्बरसीप एक्स्टेन्सन जस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएकी छन् । यसका साथमा जहाँ आवश्यकता त्यहाँ लायन्स भनेझैं स्वास्थ्य, वातावरण, महिला, बालबालिका, युवाहरुसँग सम्बन्धित विभिन्न प्रकारका सेवा कार्यहरुलाई तिव्रता दिन उनले आग्रह गरिन् । सेवाका हातहरु बढाउन नयाँ क्लब र पुराना क्लबमा पनि सदस्यता बृद्धि गर्न उनले जोड दिइन् ।

कार्यक्रममा जोन चेयरपर्सनहरुलाई आईपिडीजी ध्रुब श्रेष्ठले, रिजन चेयरपर्सनहरुलाई पिडिजी योगेन्द्र प्रधानले, डिष्ट्रिक्ट चिफ, को चिफ, डिष्ट्रिक्ट अफिसर्स र डिष्ट्रिक्ट चेयरपर्सनहरुलाई पिडिजी रुद्रहरी ज्ञवालीले, क्याबिनेट सेक्रेटरी, क्याबिनेट ट्रेजरर, एरिया चिफहरु, एरिया सेक्रेटरीहरु, एरिया ट्रेजररहरु, एरिया कमिटी मेम्बरहरुलाई पिडिजी डिके ढुंगानाले, डिष्ट्रिक्टका एफडब्लुसी, जिएलटी, जिएसटी, जिएमटी, जिएटी, जिइटी, एलसिआईएफ तथा मिसन १.५ का कोअर्डिनेटरहरुलाई पिडिजी विश्वेश्वर आचार्यले र चिफ एडभाईजर, डेपुटी चिफ एडभाईजर, चिफ एडमिनिस्ट्रेटर, को चिफ एडभाईजरहरु, कम्युनिकेसन, मार्केटिङ चिफहरु, सिनियर एडभाईजरहरुलाई डिष्ट्रिक्ट गभर्नर हरि प्रसाद मरहट्टा, पिडिजी ध्रुब थापा र पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन प्रेम बहादुर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा डा. रबिन कटुवालले सामाजिक रुपान्तरणका लागि कसरी समर्पण गर्न सकिन्छ भन्ने बारेमा उत्प्रेरणा दिए । उनले आगामी वर्षको लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेसमा आधारित भई गर्न सकिने कार्यक्रमहरुको बारेमा सरल ढंगले जानकारी दिए ।

फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट मिलन बाबु मल्ल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट प्रजापती बाँस्तोला र मनोनित चिफ एडभाईजर कुश प्रसाद मल्लीले सबैलाई कार्यकाल सफलताका लागि शुभकामना दिए । क्याबिनेट सेक्रेटरी कृष्ण बहादुर अधिकारीले विभिन्न प्रशासनिक कार्य र क्याबिनेट ट्रेजरर कल्पना थापाले डिष्ट्रिक्ट मल्टिपल र इन्टरनेसनलमा बुझाउनुपर्ने शुल्क र छिटो शुल्क बुझाउनेलाई डिष्ट्रिक्टले प्रदान गर्ने अवार्डको बारेमा जानकारी दिइन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected