7Shares

स्याङ्जा । विद्युत नियमन आयोगले बीपीसीलाई विद्युत महशुल बढाउने अनुमति दिएपछि बीपीसीका उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा लागेका छन् । बुटवल पावर कम्पनी आँधीखोला वितरण केन्द्रको विद्युत महशुलमा भारी बृद्धि भएपछि उपभोक्ताहरु आन्दोलित भएका हुन् । स्याङ्जा र पाल्पाका ६ पालिकामा बीपीसीले विद्युत सेवा दिदै आएको छ । सोही अनुसार प्रभावित ६ पालिकाका ७ राजनीतिकदलका प्रमुख, उपभोक्ता, चेम्बर अफ कमर्श, पत्रकार सहितको संयुक्त भेलाले विद्युत महशुल खारेज नगरेसम्म चरणबद्ध आन्दोलनमा लाग्ने निणर्य गरेका छन् ।

नेपाली काग्रेस गल्याङ नगर समितिका सभापति श्यामप्रसाद बस्यालको अध्यक्षतामा बसेको संयुक्त बैठकले शुल्क बृद्धिको निणर्य तत्काल खारेजीको माग गर्दै तत्काल बीपीसीलाई मिटर रिडिङ नगर्न समेत रोक लगाउने निणर्य गरेका छन् । हरेक पालिकामा रहेका वीपीसीका सेवाकेन्द्रहरुमा धर्ना कार्यक्रम सहित विद्युत नियमन आयोगमा समेत मुल्य बृद्धिको सिफारीसलाई पुनरावलोकन गर्न उजुरी दिने निणर्य गरिएको बताइएको छ । बृद्धि महशुल खारेजी नहुन्जेल सम्म उपभोक्ताको घरमा पुगेर मिटिर रिडिङ नगर्न समेत चेतावनी दिइएको छ ।
सबै प्रदेश र संघिय सांसद, ६ ओटै पालिकाका प्रमुखहरुलाई महशुल बृद्धिको बिषयमा गम्भीर भएर लाग्न आग्रह गर्दै जिल्लातहमा रहेका पार्टी नेतृत्वलाई समेत आन्दोलनमा सरिक हुन आव्हान गर्ने निणर्य भएको नेकपा एमालेका वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । विद्युत नियमन आयोगले पदाधिकारी विहीन हुने बेलामा गरेको निणर्य आर्थिक चलखेलका आधारमा हुन सक्ने शंका समेत भेलाले गरेको पौडेलले बताए ।
कतिपय सहभागीहरुले भने केही पालिका प्रमुखहरु पनि मौन रहनुलाई आर्थिक चलखेलमा जोडिएको हुन सक्ने शंका व्यक्त गरेका छन् । जनताका मुद्धामा एकीकृत हुन नसकेको भन्दै भेलाले चिन्ता प्रकट गरेको उनीहरुले बताएका छन् ।

भेलामा नेपाली काग्रेस वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डे, भीरकोट नगर समिति उपसभापति जगदिश कोइराला, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रम्भाका प्रतिनिधि सुमन पछाई, नेकपा एमाले गल्याङ नगर कमिटी अध्यक्ष दानबहादुर थापा, वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द जिल्ला समन्वय समिति सदस्य अर्जुन श्रेष्ठ, वालिङका सचिव भक्त गोतामे, रम्भा गाउँकमिटी अध्यक्ष विनोद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समिति सभापति टिकाराम भण्डारी, वालिङ नगर सभापति सुरेन्द्र काफ्ले, रामपुर नगर सभापति अर्जुन श्रेष्ठ, नेकपा समाजवादी केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, पत्रकार महासंघ स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देल लगायतको उपस्थिति रहेको थियो । गल्याङ् चेम्वर अफ कमर्शले दैनिक १ घण्टा बीपीसी गल्याङ्मा धर्ना दिएर आन्दोलन गरिरहेको छ ।

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected