२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

आँधीखोला उत्खनन्मा वालिङलाई प्रशासनको रोक

स्याङ्जा । वालिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने आँधीखोला अस्वभाविक रुपले उत्खनन् गर्न थालेपछि जिल्ला प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एकपत्र जारी गर्दै आँधीखोलाको वातावरणीय परिक्षण मुल्याङ्कन नगरी उत्खनन् नगर्न अनुरोध गरेको छ । वालिङ नगरपालिकाले भुम्रे—अर्चबोट—तमादी—डुम्रेभञ्याङ्—बोनीडाँडा हुदै सेतीबेणी गुल्मी सडक निर्माणको लागि चाहिने निर्माण सामाग्री उत्खनन् गर्न दिने अनुमति निर्माण कम्पनीलाई दिएको थियो । उक्त सडक टुनी आरएस जेभी जडिबुटी निर्माण कम्पनी काठमाण्डौंले निर्माण गरिरहेको छ । त्यसको सहजीकरणमा सहयोग गर्न नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । तर जिल्ला प्रशासनले इआईए नगरी आँधीखोलामा डोजर प्रयोग नगर्न अनुरोध गरेपछि आँधीखोला उत्खनन्मा रोक लगाइदिएको हो ।
ठेकेदार कम्पनीको अनुरोधका आधारमा सडक विभागले उक्त सडकलाई आवश्यक पर्ने झण्डै २५ हजार घनमिटर निर्माण सामाग्री उपयुक्त स्थानबाट व्यवस्था गरिदिन अनुरोध गरेपछि नगरपालिकाले आँधीखोला उत्खनन् गर्न अनुमति दिएको थियो । बातावरणीय परिक्षण मुल्याङकन नै नगरी नगरपालिकाले डोजर लगायत ठुला इक्ब्यूमेन्ट मार्फत उत्खनन् गर्न अनुमति दिएपछि प्रशासनले हाललाई उक्त कार्य नगर्न रोकिदिएको छ । नगरपालिकाले पठाएको पत्र अनुसार जुन स्थानहरुबाट निर्माण सामाग्री उत्खनन् गर्ने हो उक्त स्थानहरुमा इआईए नगरिएको देखिएकाले उत्खनन्मा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
नगरपालिका वा संघिय सरकारको गौरवको आयोजना निर्माणका लागि मात्रै इआइए गरेर मात्रै खोलाहरु उत्खनन् गर्न पाइने व्यवस्था छ । जसका लागि नगर कार्यपालिकाबाट निणर्य गराएर मात्रै प्रक्रिया अगाडी बढाउनु पर्ने हुन्छ । यस बिषयमा वालिङ नगरपालिकाले कार्यपालिकाबाट पनि निणर्य नगरी हचुवाका भरमा आँधीखोला उत्खनन् गर्न दिएको बताइएको छ । प्राविधिकहरुका अनुसार नगर प्रमुखले कुनै परामर्स नगरी आँधीखोला उत्खनन् गर्न दिएको बताइएको छ ।
जिल्लाकै धार्मिक, सांस्कृतिक पहिचान बोकेको आँधीखोला पछिल्लो समय दोहन बढी हुन थालेपछि स्थानीयले पनि बिरोध गर्दै आएका छन् । राजस्व संकलन हुने प्रलोभनमा स्थानीय सरकारहरु स्थानीय खोलानाला सगै आँधीखोला बचाउने भन्दापनि उत्खनन्मा बढी जोड दिन थालेका छन् । स्थानीय खोलानालाको निर्माण सामाग्री स्थानीय सरकारले परिचालन गर्न पाईने कानुनी व्यवस्था छ । तर सदियौदेखी संस्कृति सगँ जोडिएको आँधीखोला वातावरणीय प्रभाव नहेरी राजस्व संकलन गर्ने नाममा स्थानीय सरकारहरु उत्खनन्मा जोड दिदै आएका छन् । जनप्रतिनिधिहरु नै यस्ता क्रियाकलापमा संलग्न हुन थालेपछि स्थानीयहरु प्रशासन समक्ष पुग्नेक्रम बढेको छ । हरेक बर्ष आँधीखोलाबाट करोडौ रुपैया राजस्व उठाउदै आएका स्थानीय सरकारहरुले आँधीखोला संरक्षणका लागि भने अहिले सम्म बजेट छुट्टाउने गरेको पाइएको छैन । संरक्षणमा ध्यान नदिएका पालिकालाई प्रशासनको ब्रेकले केही हदसम्म आँधीखोला जोगिदै आएको छ । यसका स्थानीयहरुले पनि प्रशासनको यस्तो कार्यको खुलेर प्रशंसा गरेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…