२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

विश्व वातावरण दिवसको अवसर पारी इन्फर्मेसन टेक्नोलोजीद्वारा सरसफाई सहित विविध कार्यक्रम सम्पन्न

पोखरा भ्यूज  : विश्व वातावरण दिवसको अवसर पारी लायन्स क्लब अफ पोखरा इन्फर्मेसन टेक्नोलोजीले सरसफ़ाई सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शनिवार पोखरा महानगरपालिका–१८, सराङकोट, मेथलाङस्थित शहिद बिभूति पार्कमा सरसफ़ाई, तनाव व्यवस्थापन सम्बन्धि ध्यान, योगा र हाईकीङ गरेको हो ।

“हाम्रो भूमि हाम्रो भविष्य” नाराका साथ विश्व वातावरण दिवस–२०८१ को अवसरमा सरसफाई सम्पन्न पश्चात तनाव व्यवस्थापनका लागि शारीरिक ब्याम, योगा, हमिंग मेडिटेसन, बिपसयाना मेडिटेसन, फेलोशीप सहित हाईकिङ गरिएको कार्यक्रमका संयोजक एवं क्लबका सदस्य स्वयम्भु कुँवरले बताए ।

सरसफाई मार्फ़त संकलित फोहोर क्लबले आफनै गाड़ीमा लगि डिस्पोजल समेत गरेको संयोजक कुँवरले बताए ।

सो अवसरमा क्लबमा नयाँ सदस्यका रूप भित्रिएका ईन्जिनियर डाक्टर ईश्वर कोईरालालाई क्लब अध्यक्ष सनरोज गुरूङले खादा लगाई स्वागत गरेका थिए ।

क्लबका अध्यक्ष सनरोज गुरूङको अध्यक्षता, प्रथम उपाध्यक्ष दिनेश महर्जनको स्वागत, कार्यक्रम संयोजक स्वयम्भु कुँवरको संचालनमा रहेको कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एण्ड कम्यूनिकेसन डिष्ट्रिक्ट को–अर्डिनेटर टंकराज अधिकारी, एडिशनल डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी प्रेम प्रसाद दाहाल, स्पोन्सर क्लब लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका प्रसाद पोखरेल, क्लबका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

आईटीसँग सम्बन्धित सदस्यहरूमात्र आवद्व रहेको क्लब इन्फर्मेसन टेक्नोलोजीले डिष्ट्रिक्टले आईटी सम्बन्धित काम गर्नु परेमा क्लबका तर्फबाट भरपूर सहयोग गर्न तत्पर रहेको जनाउँ दिदै डिजीटल डिष्ट्रिक्ट बन्दै गर्दा बाहिरबाट प्राविधिक खोजी काम गरेकोमा गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रम समापन पश्चात आयोजित फ़ेलोशीप कार्यक्रममा कम्प्यूटरका सामग्री उत्पादन गर्ने कम्पनी ( Huntkey, PNY, Havit) ह्यविट पिएनवाई हन्टकीका प्रवन्धक निर्देशक डिवी श्रेष्ठले आफ्ना उत्पादन सम्बन्धि जानकारी गराएका थिए ।

सो अवसरमा श्रेष्ठले कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एण्ड कम्यूनिकेसन डिष्ट्रिक्ट को–अर्डिनेटर टंकराज अधिकारीलाई हन्टकी सर्ज प्रोटेक्टर मल्टीपल उपहार स्वरूप प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट को–अर्डिनेटर अधिकारीले लायन्स क्लब विश्व व्यापी सन्जाल भएको स्वयंमसेवी संस्था रहेको बताउदै ‘हामी सेवा गर्छौं’ भन्ने भावनाका साथ विश्वभर लाखौ व्यक्तिहरु आबद्ध रहेको बताए । लायनवाद भनेको प्रत्येक सफल व्यक्ति आफ्नो समुदायको लागि केही गर्नुपर्छ भन्ने सेवाको भाव मात्र नभई महिला तथा युवाहरुको नेतृत्व क्षमताको विकास पनि लायन्सको उद्देश्य रहेको अधिकारीले बताएका थिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…