21Shares

सूर्यप्रसाद बास्तोला
भलाम, पोखरा । महेन्द्र माध्यामिक विद्यालयमा विज्ञान, सूचना तथा प्रविधि प्रदर्शनी गरिएको छ । सामुदायिक विद्यालय क्लस्टर (साविक), कास्की स्तरीय विज्ञान, सूचना तथा प्रविधि प्रदर्शनी प्रतियोगिता–२०८१ महेन्द्र माध्यमिक विद्यालय, र्र्याले चौर भलाममा सम्पन्न भएको हो ।

विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहदुर क्षेत्रीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २० का अध्यक्ष गंगाबहादुर खत्रीको प्रमुख आतिथ्य रहेको थियो ।

गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्रविधि विभागका डीन प्रध्यापक डा कपिल अधिकारी, पृथ्वीनारायण क्याम्पसका उप प्राध्यापक रवि कार्की, विश्व शान्ति जैविक विविधता उद्धान, रानीवन पोखराका वैज्ञानिक अधिकृत धर्मराज कोइराला, सामुदायिक विद्यालय क्लस्टर कास्कीका संयोजक केशव ओमागाई. पोखरा महानगरपालिका शिक्षा महाशाखा शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीको आतिथ्य रहेको थियो । साथै, शिक्षक अविभावक संघका अध्यक्ष तथा सदस्यहरु विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्व प्रअ पुर्व शिक्षक एवम् सलाहकारहरुको सहभागिता रहेको थियो ।

विनोद गौतमको संचालन, विद्यालयका साहायक प्रध्यानाध्यपक प्रदिप खत्रिको स्वगत मन्तव्य रहेको कार्यक्रममा विद्यायार्थीका तफबाट करुण बास्तोलाले मन्तव्य राखेका थिए ।

विज्ञान, सूचना तथा प्रविधि प्रदर्शनी प्रतियोगिताको मूल्यांकनकर्ताको रूपमा गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्रविधि विभागका डीन प्रध्यापक डा कपिल अधिकारी र पृथ्वीनारायण क्याम्पसका उप प्राध्यापक रवि कार्की रहेको कार्यक्रममा सामुदायिक विद्यालय क्लस्टर साविक कास्कीका १५ विद्यालय मध्य १३ विद्यालय को सहभागिता रहेको थियो । कार्यक्रममा माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थी हरुको प्रतियोगितामा सहभागिता रहेको थियो । उक्त कार्यक्रमा आधारभुत तहमा सितला देवी मा वि प्रथम, वाराहि मावि द्धतिय, महेन्द्र मावि तृतिय र तालवराही मावि सान्त्वना साथै माध्यमिक तहमा सितला देवि मावि प्रथम विन्दवासिनी मावि द्धितिय महेन्द्र मावि तृतिय र छोरोपाटन मावि सान्त्वोना भएको छ ।

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected