38Shares

पोखरा भ्यूज
पोखरा । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ ।
घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरणसहित रेविजबिरुद्धको खोप लगाइएको बिज्ञ केन्द्रका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिए । बन्ध्याकरणको लागि दैनिक आउने चापलाई व्यवस्थापन गर्न क्रमश शिविर संचालन गरिरहेको पौडेलले बताए ।
बन्ध्याकरण गरिएको मध्ये १७ वटा भाले र ४६ पोथी कुकुर रहेको शिविरमा स्याङ्जा, तनहुँ र कास्कीबाट ल्याईएका कुकुर रहेका थिए ।
२०३० सम्ममा रेबिज रोग नियन्त्रण गर्ने सरकारको नीति अनुरुप छाडा तथा घरपालुवा कुकुरमा सो अभियान सुरु गरिएको केन्द्रका प्रमुख वरिष्ठ पशु बिकास अधिकृत शम्भुराज पाण्डेले बताए । असारको अन्त्यमा अर्को शिविर समेत संचालन गरिने पाण्डेले जानकारी दिए ।
सहरी क्षेत्रमा कुकुर पाल्ने चलन बढ्दै जानु र पछि गएर छाडा छोड्ने प्रवृत्तिले गर्दा कुकरको संख्या बृद्धि हुदै जाने गरेको छ । त्यस्ता कुकुरले सर्वसाधारणलाई टोक्दै जादा रेबिजको जोखिम बढेको हुँदा कुकुरको बन्ध्याकरणलाई तिव्र पारिएको पशु चिकित्सक डा. किरण पाण्डेले बताए । बन्ध्याकरणबाट पोथी कुकुरमा आउने पाठेघरको समस्याको न्युनिकरण भएर जाने डा. पाण्डले भनाई छ  ।
गण्डकी प्रदेश सरकारको सहयोगमा संचालन भएको शिविरबाट प्रत्यक्ष लाभ पाएको भन्दै कुकुर पालक पोखरा–१४ का बिशाल गुरुङले खुसी व्यक्त गरे ।
डा.पाण्डेको नेतृत्वमा रहेको सो टोलीमा डा.अनन्त कोइराला, डा.आशिष गौतम, डा.आशेष बि.क, डा.पवन पाण्डे, डा.प्रियङ्का कोइराला लगायतका विभिन्न पशु विज्ञहरुको सहभागिता रहेको थियो ।

38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected