36Shares

पोखरा  भारतीय राजदूतावास, पोखरा महानगरपालिका पतञ्जलि योगपिठको विशेष आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस२०२४ भव्यताका साथ मनाइएको

पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत पोखरामा क्रियाशील पतञ्जलि योगपिठद्धारा सञ्चालित योग केन्द्रका साधाक साधीकाहरु लगायत योग प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो

योग शिविरमा बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वस्थ जीवनका लागि योग, शारीरिक तन्दुरुस्तीका लागि योग अनुशासनका लागि योग आवश्यक रहेको बताए । योगले तनमनमा फूर्तिसंग़ै विचार स्वच्छ मानसिक अवस्था पनि सुधार गर्न सकिने पाण्डेले बताए

गण्डकी प्रदेश सरकारलेमेरो स्वास्थ्य मेरो जिम्मेवारीभन्ने नाराका साथ स्थानीय तहको समन्वयमा योग शिक्षालाई कार्यान्वयनमा लैजान नीति तथा कार्यक्रममा जोड़िएको मुख्यमन्त्री पाण्डेको भनाई थियो

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योगदिवस मनाउन थालेको हो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औं महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । त्यससँगै २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन सुरु गरिएको हो

शिविरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउदै आएको बताए । उनले योगको माध्यमबाट नेपाल भारत बीचको सदियौं देख़िको सम्बन्धलाई जोड़न थप मदत पुग्ने अपेक्षा गरिएको धारणा व्यक्त गरे

राजदूत श्रीवास्तवले पोखरा महानगरले अन्तर्राष्ट्रिय स्तरको योगशाला बनाउन खोजेको खण्डमा आवश्यक सहयोग गर्न तत्पर रहेको बताउदै पोखरा महानगरसँग सहकार्य गरी राजदूतावासले हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने पनि घोषणा गरे

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उपस्थित सबैलाई धन्यवाद दिदैं नियमित योग अभ्यासले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने बताए 

शिविरमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लाका सुरक्षकर्मी, विभिन्न कार्यालयका कर्मचारी, तथा स्थानीयवासी लगायतको उल्लेख्य सहभागिता  थियो शिविरमा पतञ्जली योग पीठका योग प्रशिक्षक लवदेवले योग सिकाएका थिए

36Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected