
पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोडले बुधवार धन्यवाद ज्ञापन समारोह सम्पन्न गरेको छ । रोटरी वर्ष २०२३/२४ का अध्यक्ष रामबिक्रम अधिकारीले कार्यकाल सम्पन्न हुन लागेको पूर्व सन्ध्यामा एक समारोहको आयोजना गरी एक वर्षसम्म क्लबको विभिन्न भुमिका रही सफलतापूर्वक कार्यसम्पादन गरेका क्लबका सदस्य एवं सहयोगी विभिन्न संध संस्थालाई धन्यवाद ज्ञापनसहित मायाको चिनोले सम्मान गरेका छन् ।
अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबको विभिन्न पदमा रहेका सदस्यसहित विभिन्न सहयोगी संघसंस्था मध्ये मणिपाल शिक्षण अस्पताल, बाबा फ़ाउण्डेशन नेपाल र कान्तिपूर डेण्टल कलेजका क्रमशःजनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठ, सचिव टंकराज अधिकारी, निर्देशक दृष्टि गुरूङलाई प्रशंसा पत्र सहित मायाको चिनोले सम्मान गरेका हुन् ।
सो अवसरमा अध्यक्ष अधिकारीले क्लबका सदस्यहरू मध्ये क्लबका कोषाध्यक्ष छवि सुवेदी क्लब अफ दि एयर र क्लबका पूर्व अध्यक्ष शुवाष सिग्देललाई शतप्रतिशत उपस्थितको घोषणा गर्दै सम्मानित गरेका थिए ।
क्लबका अध्यक्ष अधिकारीको अध्यक्षता रोटरी डिष्ट्रिक ३२९२ नेपालका असिस्टेन्ट गभर्नर पुरण कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असिस्टेन्ट गभर्नर जयराम पौडेल, आउँदो बर्षका असिस्टेन्ट गभर्नर रमेशप्रसाद कोईराला, रोटरी क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सोनी ढेवाजु, पोखरा प्याराडाईजका अध्यक्ष सुशीला केसी अधिकारी, न्यूरोडको स्पोन्सरमा गठित पोखरा क्यापिटलका संस्थापक अध्यक्ष धनबहादुर शाही, क्लबका संस्थापक अध्यक्ष रविराज बराल, क्लबका पूर्व अध्यक्ष, पदाधिकारी लगाएत सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कुँवरले रोटरी इन्टरनेशनल विशुद्ध सामाजिक अर्गनाइजेसन भएको बताउँदै रोटरीले गर्दै आएका महत्वपूर्ण कामहरुको चर्चा गरेका थिए । उनले क्लबका अध्यक्ष अधिकारीको नेतृत्वमा समुदायमा धेरै नै सेवाका सामाजिक कार्य गर्न सफल भएको बताउदै प्रसंशा गरेका थिए ।
क्लबका संस्थापक अध्यक्ष बरालले क्लब स्थापना देख़ि हालसम्म गरेका गतिविधिसहित धन्यवाद दिँदै क्लबलाई आगामी दिनमा पनि योगदान दिन सक्रिय भई लाग्न सबैलाई आग्रह गरे।
क्लबका सचिव पुष्पराज पराजुलीको संचालन रहेको कार्यक्रममा सहयोगी संघ संस्थाको तर्फबाट मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत कृष्ण मोहन श्रेष्ठ, रोटरी क्लबहरूको तर्फबाट पोखरा प्याराडाईजका अध्यक्ष सुशीला केसी अधिकारी, क्लबका इलेक्ट प्रेसिडेन्ट दीपेन्द्र शर्मा, प्रथम उपाध्यक्ष अमृतराज बास्तोला, सदस्य दुर्गा बराल शर्मा लगाएतले आ–आफ्नो मन्तव्य राखेका थिए ।








सम्बन्धित खवर















