२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

उद्धार र राहतका लागि कास्कीमा तीन सुरक्षा र पालिका तयार

पोखरा । देशभर निरन्तरको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम उच्च छ । विशेष गरी गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा उच्च वर्षा भइरहेको र हुने हुँदा जोखिम पनि बढि छ । गण्डकीमा दुई दिनमा (यो समाचार तयार पार्दासम्म) सात जनाको मृत्यु भइसकेको छ भने दुई जना वेपत्ता छन् । यस्तै बाढी पहिरोबाट घाइते हुने १० जना रहेका छन् ।
गण्डकीमा तनहुँ, स्याङजा र पर्वतमा मानवीय क्षती भएको छ भने ४५ चौपाय मरेका छन् । विपद्को उच्च जोखिमलाई प्रतिकार्य गर्न कास्कीमा तीन सुरक्षा निकायका साथमा स्थानीय पालिकाहरु समेत तयारी अवस्थामा रहेको छ । विपद व्यवस्थापन समितिले कास्कीमा विपद प्रतिकार्य योजनाका लागि तत्कालै खटिन सक्ने गरि योजना समेत बनाएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कास्कीमा पोखरा महानगरपालिका बाढी र अन्य पालिकाहरु पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । उहाँका अनुसार कास्कीमा मनसुन सुरुभए यता दुई बालबालिकाको ज्यान गएको छ भने अन्य घटना भएको छैन ।
‘आजका दिनसम्म त्यस्तो कुनै मानवीय क्षती वा कास्कीमा अहिले त्यसस्तो ठूलो जोखिम भइसकेको छैन् । अवस्था सामान्य नै छ’ उहाँले भन्नुभयो, मौसमजन्य विपद प्रतिकार्य योजना जिल्ला विपद व्यवस्थापन समितिले स्विकृत गरेर लागु गरिसकेको र तीन वटै सुरक्षा निकाय प्रतिकार्यका निम्ती तयारी अवस्थामा रहेको छ ।’
कास्कीमा पोखरा १४ साविकको ल्याण्डफिल क्षेत्रमा अव्यवस्थित घरहरु बाढीको जोखिममा रहेको र उनीहरुलाई तत्कालै उद्धार गरि स्थानान्तरण गरिएको छ । पोखरा वडा नं. ३२ तल्लो गगनगौडामा बेगनासतालबाट आएको नहरको पानी लिकेज हुँदा डुबानमा परेको र त्यसको सुधार गर्ने काम भइरहेको छ । यस्तै कास्कीमा मुख्य राजमार्ग अवरोध नभएपनि सहायक राजमार्गमा अवरोध भएको र त्यो हटाउने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरक्षा निकायभित्र पनि क्विक रेस्पोन्स टिम (क्युआरटी) र इमिडेटली रेस्पोन्स टिम (आइआरटी) तयारी अवस्थामा छ । त्यो बाहेक स्थानीय प्रहरीलाई २४ घण्टा नै तयारी अवस्थामा राखिएको छ । स्थानीय तहमा रहेका विपद व्यवस्थापन टिम रहेको र निरन्तर सम्पर्कमा रहिराखेको उहाँको भनाई छ । यो समय भनेको आफै शतर्कता हुने समय रहेको उहाँले बताउनुभयो । नदीको किनारमा रहेका बस्तीका लागि नदीको बहाव घटेको वा बढेको जानकारी दिन पुर्व सूचना प्रणाली रहेको र सोही आधारमा सूचना प्रवाह गर्ने काम भइराखेको उहाँले बताउनुभयो । कास्कीमा राहतको विषयमा समेत कुनै समस्या नरहेको उहाँ सुनाउनुहुन्छ । मनसुन प्रतिकार्य योजना २०७९ अनुसार पोखरा महानगरपालिका बाढी तथा अन्य गाउँपालिका माछापुच्छ्रे, मादी, रुपा र अन्नपूर्ण बढी पहिरोको जोखिममा रहेका छन् ।
पोखरा महानगरपालिका बाढीको उच्च जोखिममा रहेको छ । पोखराको वडा नं. २२ पुम्दीभुम्दी बाहेकका सबै वडा बाढीको जोखिममा रहेका छन् । वडा २२ भने मध्यम जोखिमको सूचीमा रहेको छ । पोखरा महानगरपालिकाका अधिकांश क्षेत्र पहिरोको जोखिममा रहेको छ भने, महानगरबाहेक अन्य पालिकाहरु भने बाढी, पहिरोको जोखिममा रहेको छ ।
जिल्ला प्रहरी कार्यालयको तर्फबाट परिचालन गर्न तयारी अवस्थामा कास्की प्रहरी प्रमुखसहित ४६ जनाको टोली रहेको छ । यस्तै उद्धार सामग्रीहरु समेत तयारी अवस्थामा रहेको छ । शसस्त्र प्रहरी बलको भने ६ जना गोताखोरसहित ४० जनाको जनशक्ति तयारी अवस्थामा रहेको छ । नेपाल आर्मीको अधिकृतसहित ७० जनाको जनशक्ति तयारी अवस्थामा रहेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…